जनताका लागि संविधान बाधक छैनः सांसद प्रधान « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

जनताका लागि संविधान बाधक छैनः सांसद प्रधान


यलम्वर टाइम्स
२ आश्विन २०७६, बिहीबार ०५:५२

अर्जुनधारा नगरपालिकाद्वारा मिनी म्याराथुन

[राजन साम्पाङ]

अर्जुनधारा । झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद बृख प्रधानले नेपाली जनताको उन्नतिका लागि संविधान बाधक नभएको बताएका छन् ।

अर्जुनधारा नगरपालिकाद्वारा संविधान दिवसको अवसर पारेर आयोजित मिनी म्याराथुनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका प्रधानले संविधानको संरक्षण गर्न सके नेपालीजन र राष्ट्रको विकासमा टेवा पुग्ने बताए ।

संविधान दिवस चलिरहेको बेला सांसद प्रधानले सबै मिली संविधानको संरक्षणका लागि जुट्न आग्रह गरे ।

संविधान दिवस आयोजक समितिका कार्यवाहक अध्यक्ष रघुनाथ खनालको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल रहेका थिए ।

प्रमुख अतिथि प्रधान र विशिष्ट अतिथि भुर्तेलले म्याराथुन दौड प्रतियोगिताका सहभागि लगायत प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरुषतर्फ प्रथम विवश श्रेष्ठ, द्वितीय आयुस बुढाथोकी, तेस्रो विनोद हुमागाई, चौथो हरि मगर र पाँचौ बवि चौधरी, छैठौं राजेश दाहाल, सातौं राजेश लिम्बू, आठौं सविन निरौला रहेका छन् भने महिलातर्फ प्रथम सोनिया सेन्चुरी, द्वितीय रीता गजमेयर, तृतीय रीतु मुर्मु, चौथो यशोदा गौतम, पाँचौ रीष्मा दनुवार, छैठौं रीता थापा रहेका छन् ।

प्रथम हुनेलाई २ हजार, द्वियीय एक हजार ५ सय र तृतीयलाई १ हजार र अन्य सहभागिहरुलाई ५ सय प्रदान गरिएको थियो ।

वडा नं. ११ को जेसीज वनबाट दौड सुरु गरिएको मिनी म्याराथुनमा सयभन्दा बढीको सहभागिता रहेको थियो ।

बोर्ड सदस्य रमेश त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा खेलकुद क्षेत्रका अग्रणी कुमार उप्रेती, प्रेस क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक कुमार भट्टराई, ज्येष्ठ नागरिक मिलन समाजका सचिव नरेन्द्र तिम्सिना, बोर्ड सदस्य लक्ष्मी तामाङ, वडा नं. ९ का अध्यक्ष पुष्पकुमार प्रसाई, वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, ७ का नविन ढुंगाना लगायतको आतिथ्य रहेको थियो ।

होम दुलालले सञ्चालन गरेको दौड कार्यक्रममा मेयरका राजनीतिक सल्लाहकार प्रत्युस राना, वडा सदस्य अर्जुन मेचे, जीवन राई लगायतले सहजीकरण गरेका थिए ।

आजै प्रत्येक सरकारी कार्यालय तथा निजी तथा सामुदायिक विद्यालयमा राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिने छ ।