नागरिकसँग सेनाको अन्तरक्रिया, ‘नेपाली सेना मुलुकको रक्षा, जनताको सुरक्षामा कटिबद्ध छ’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नागरिकसँग सेनाको अन्तरक्रिया, ‘नेपाली सेना मुलुकको रक्षा, जनताको सुरक्षामा कटिबद्ध छ’


यलम्वर टाइम्स
४ आश्विन २०७६, शनिबार ००:१६

‘नेपाली सेनासँगको अन्तरक्रियामा बसेको जीवनकै पहिलो हो’

बिर्तामोड । समाजिक क्षेत्रमा सेनाले पुर्याउँदै गरेको योगदानको विषयमा एक अन्तरक्रिया भएको छ ।

बुधबार होटल हेभनमा नागरिक–सैनिक बीच भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागिहरुले नेपाली सेनासँग अन्तरक्रियामा बसेको जीवनकै पहिलो भएको बताएका छन् ।

अन्तरक्रियामा २१ नम्वर बाहिनीपति आशबहादुर गुरुङले नेपाली सेना मुलुकको रक्षा, जनताको सुरक्षामा कटिबद्ध रहने बताए ।

बाहिनीपति गुरुङले नेपाली सेना नागरिकप्रति उत्तरदायी भएको बताउँदै उपस्थित सबैलाई सेनाले नेपाली जनतामा पुर्याएको योगदानबारे श्रव्य–दृश्य देखाइएको थियो ।

बाहिनीपति गुरुङले नेपाली सेना नेपाली नागरिकप्रति नजिक भएर अगाडि बढ्ने भएको हुँदा सेनालाई नजिकबाट लिन अनुरोध गरे ।

उनले अगाडि भने, नेपाली सेनाले गरेको योगदानबारे प्रश्न सोध्न सक्नुहुनेछ भन्दै सेनाले पुर्याएका कार्य आम जनतामा लैजान उपस्थित सञ्चारकर्मीलाई अनुरोध गरे ।

कार्यक्रममा चारआली व्यारेकका प्रमुख मुक्काहाङ याक्थुङ्वाले चारआलीमा रहेको सर्पदंश उपचार प्रभावकारीसँगै आम नागरिकलाई बचाउन सफल भएको बताएका थिए ।

प्रमुख याक्थुङ्वाले देखिने गरेको दैनिकी सेवा सर्पदंश उपचार भएको हुँदा यस्ता खाले जनचेतना नेपाली सेनाले सबै क्षेत्रमा गर्दै आएको पनि बताए ।

अन्तरक्रियामा बाम बुद्धिजीवि हरिचरण बानियाँले नेपाली सेनाको प्रशंसा गर्दै सेनासँगको अन्तरक्रियामा आफू पहिलो पटक उपस्थित भएको उल्लेख गरे ।

बुद्धिजीवि बानियाँले सेना राजनीतिमा मुच्छिनु नहुने सुझाव दिँदै सामाजिक कार्यमा सेनाको भूमिका पछिल्लो पटक प्रशंसनीय भएको बताए ।

सेना भन्ने बित्तिकै आम सर्वसाधारण नागरिक डराउने हुँदा सेनाले पुर्याएको योगदानका विषयमा पाठ्यक्रममा आउनुपर्ने भिमबहादुर लिम्बूले सुझाए ।

शिक्षक समेत रहेका लिम्बूका अनुसार नेपाली पाठ्यक्रममा सेनाका गतिविधि आए आम नेपाली सेनासँग नजिक हुने थिए ।

अन्तरक्रियामा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले सामाजिक काममा अनगिन्ती खटिएका सेनाका विषयमा जनताले सुसूचित हुनपर्ने जोड दिए ।

राइजीङ सन बोर्डिङ स्कुल धुलाबारीका प्रिन्सिपल सञ्जीव राईले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर अनुशासनको पाठ सिकाएको हुँदा उक्त तालिमले राष्ट्रभक्तिप्रति प्रेरणा जाग्न सहयोग पुर्याएको बताए ।

प्रेस क्लब अर्जुनधाराका अध्यक्ष कुमार भट्टराईले अनुशासनको पाठ सिकाउने बलियो संस्था नेपाली सेना भएको हुँदा यस संस्थाका केही सदस्यहरुबाट बाहिर देखाएको हर्कत दुःख लाग्दो भएको बताए ।

जिम्मेवार र नेपालीले विश्वास गरेको एकमात्र संस्था नेपाली सेना भएको हुँदा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेर पुर्याएको योगदान नेपाली समाजमा प्रशंसनीय छ ।

सोही दिन सेनाका गतिविधिहरुलाई प्रकाश पार्न योगदान पुर्याएको भन्दै कञ्चनजङ्घा एफएम, आँगन एफएम, नागरिक एफएम, बिराट एफएम, सप्तरङ्गी एफएम लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

अन्तरक्रियमा उठेका गतिविधिहरुलाई सहायक बाहिनीपति ईश्वरकुमार श्रेष्ठले जवाफ दिँदै नेपाली सेना चेन अफ कमान्डबाट चलेको हुँदा यहाँसम्म आउन सफल भएको हो ।

अब चेन आफ कमान्डसँगै नेपाली नागरिकको मनमा पस्न विभिन्न सामाजिक कार्यमा जुट्ने बताए ।

कार्यक्रममा पत्रकार लीला अनमोल, राजेन्द्र चम्लगाई, टीकाराम नेती, समाजिक योद्धा ओमकृष्ण विमली, काजीमान पौडेल, स्वस्तिका शिशु सदनका अध्यक्ष ईश्वरा श्रेष्ठ, ख्याम ओली लगायतले नेपाली सेनाका कार्यप्रति प्रशंसा व्यक्त गर्दै नेपाली भू–भाग अतिक्रमणको चपेटामा परेको हुँदा त्यसप्रति सचेत रहनुपर्ने सुझाव दिएका थिए ।