विपद व्यवस्थापन दिवसमा सेनाद्वारा जनचेतना « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

विपद व्यवस्थापन दिवसमा सेनाद्वारा जनचेतना


यलम्वर टाइम्स
२६ आश्विन २०७६, आईतवार ११:०१

तस्वीर: गुगलबाट

अर्जुनधारा । विपदलाई न्यूनिकरण गर्न अर्जुनधारा नगरपालिकाले सोमबार अर्जुनधारा–९ स्थित शहीद उद्यायन पार्कमा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

नगरपालिकाको सभाहलमा भएको सर्वपक्षिय भेलाले विपद व्यवस्थापन दिवसको सन्दर्भ पारेर सचेतना कार्यक्रम गर्न लागिएको हो ।

बिहान १० बजेबाट शहीद पार्कको पोखरीमा विपद आइपरे कसरी बाँच्न सकिन्छ ? भन्ने विषयमा प्रदर्शनी गरिने, आगलागीबाट बच्न र बचाउनको लागि पनि सेनाले ज्ञान दिने भएको छ ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा विपद व्यवस्थापन दिवस मनाउनको लागि सबै वडाबाट सचेत नागरिकमात्र होइन सर्वसाधारणको समेत उपस्थिति गराउने जिम्मा वडाध्यक्षहरुलाई दिइएको छ ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका सभापति उद्धव थापा, चारआली व्यारेकका मेजर ज्ञानबहादुर बस्नेत, सशस्त्र प्रहरी बलका डीएसपी द्रोणकुमार विष्ट, प्रहरी चौकी शनिश्चरेका प्रमुख कुन्दन चौधरी, रेडक्रस अर्जुनधाराका अध्यक्ष पुण्यप्रसाद भट्टराई, नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटा, एनआरएनका प्रतिनिधि दुर्गेश कार्की, नमूना सामुदायिक वनका अध्यक्ष भानु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

नगरमा आइपर्ने विपदलाई न्यूनिकरण गर्न यस्ता खाले तालिम, जनचेतना कार्यक्रमले थप मद्दत पुर्याउने विश्वास रहेको नगर प्रमुख रानाले बताए ।