बाँदर लखेट्ने क्रममा १ जनाको मृत्यु « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

बाँदर लखेट्ने क्रममा १ जनाको मृत्यु


यलम्वर टाइम्स
१९ कार्तिक २०७६, मंगलवार १०:३४

ओखलढुंगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ ।

सोमवार दिउँसो २ बजे स्थानीय जंगलमा बादर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएको छ । सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ भने घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।