हाम्रै नगरमा मेरो रेडियो « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

हाम्रै नगरमा मेरो रेडियो


यलम्वर टाइम्स
९ आश्विन २०७३, आईतवार ०९:५०

नरेश खाती

शनिअर्जुन / शनिअर्जुन नगरपालिकामा पहिलो पटक १०५ मेगाहर्जमा मेरो रेडियो सञ्चालनमा आउने भएको छ । स्वरको माध्यमबाट जनतालाई सुसूचित गर्ने उद्देश्यले मेरो रेडियो स्थापना भएको हो । यस रेडियोले सूचना, जानकारीमूलक गतिविधि, धार्मिक गतिविधि र कर्णप्रिय लोक, आधुनिक र समाचार पस्कने भएको छ ।

मेरो रेडियोलाई चाहिने दक्ष अनुभवि कर्मचारी तथा रेडियोकर्मी आवश्यक भएको हुँदा एक हप्ता अघिबाट रेडियो उद्घोषक तालिम सुरु गरिएको छ ।

तालिमको उद्घाटन गर्दै वरिष्ट पत्रकार गोविन्दचन्द क्षेत्रीले आफूमा भएको क्षमतालाई तालिमको माध्यमबाट बाहिर ल्याउन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए । नागरिक एफएमका सञ्चालक प्रमुख समेत रहेका क्षेत्रीले रेडियो पत्रकारिता लोकप्रिय पत्रकारिताभित्र पर्ने बताए । असोज १ गतेबाट सुरु भएको तालिममा यस क्षेत्रका २५ जना सहभागि छन् । सहभागिहरुलाई उमाकान्त खनाल, ज्ञानेन्द्र निरौला र लीला अनमोलले प्रशिक्षण दिइरहेको रेडियोका प्रबन्धक कुमार भट्टराईले बताए । उद्घाटन कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष शंकर सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा लोकु तामाङले स्वागत गरेका थिए भने कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमपछि प्रशिक्षणमाझ प्रेस क्लब अध्यक्ष दिपीन राई, लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, आँगन एफएमका इन्द्रजीत मुखिया र अशोक अधिकारीले आफ्नो अनुभूति राखेका थिए ।