विरिङ खोलामा ‘चेकड्याम’ निर्माण हुने « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

विरिङ खोलामा ‘चेकड्याम’ निर्माण हुने


यलम्वर टाइम्स
२५ कार्तिक २०७६, सोमबार ०८:५१

अर्जुनधारा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङ खोलाको ‘चेकड्यामको डीपीआर’ तयार पारेको छ ।

नगरपालिको कार्यालयमा आइतबार प्रालिले सरोकारवाला सम्पूर्णलाई डीपीआरको नमूना प्रस्तुत गरेको थियो । १ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए ।

ड्याम निर्माण भएपछि किसानलाई सिंचाई गर्न समस्या नपर्ने इन्जिनरले बताए । नगरको १, ४ र ७ नं. वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

ड्यामको अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको छ । नगर उपप्रमुख कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रशासकीय अधिकृत पंकज भुर्तेलले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।