पग्ला पुल सञ्चालनमा आएपछि स्थानीय हर्षित « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

पग्ला पुल सञ्चालनमा आएपछि स्थानीय हर्षित


यलम्वर टाइम्स
२७ कार्तिक २०७६, बुधबार ०७:५२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.३ स्थित पग्ला पुलको उद्घाटन गरिएको छ । मङ्लबार एक कार्यक्रमबीच प्रदेश सांसद बृख प्रधान र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा पुलको उद्घाटन गरेका हुन् ।

पग्ला पुल निर्माणका लागि प्रदेश सांसद कोषबाट रु ११ लाख, अर्जुनधारा नगरपालिकाबाट रु २१ लाख र स्थानीय जनश्रमदानबाट रु ४ लाख ६ हजार ७ सय ६६ गरि कुल रु ३६ लाख ६७ हजार ६६ कुल लागतमा पुल निर्माण गरिएको पग्ला पुल उपभोक्ता समितिका अध्यक्ष श्री जयनारायण आचार्यले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका प्रधानले पुल निर्माण समिति, स्थानीय उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण सस्तो लागतमा पुल निमार्ण गर्न सफल भएको भन्दै निमार्ण समितिको प्रंशसा गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष जीवनकुमार भण्डारी, कार्यपालिका सदस्यहरु होम दुलाल, सिताराम भट्टराई, दिलमाया दास, निर्मलादेवी घिमिरे, खिनमान दास, नरबहादुर कन्दङ्वा, दिब्यप्रसाद कट्टेल, तुलसी खतिवडा लगायत उपस्थित थिए ।