मेरो शैक्षिक भ्रमणः एक संस्मरण « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

मेरो शैक्षिक भ्रमणः एक संस्मरण


यलम्वर टाइम्स
११ मंसिर २०७६, बुधबार ०६:२६

[ईशा लिम्बू]

शनिश्चरे माध्यमिक विद्यालयले दुई दिने शैक्षिक भ्रमण लैजाने खबरले मेरो मन त्यसै फुरुङ्ग थियो । म आफू पनि सोही विद्यालयमा अध्ययनरत भएको हुँदा समय तालिका अनुसार कार्तिक २९ गते हिड्नु पर्ने थियो । त्यस दिन बिहानै मेरो निद्रा खुल्यो । उत्साह र उमङ्गका पूmलहरु आफ्नो मन र मष्तिस्कमा फुलाउँदै तयार भएर म विद्यालय पुगें । विद्यालय पुग्दा सबै साथीहरुको उपस्थितिले म झनै उत्साहित हुँदै थिएँ ।

करिब १० बजे हामी विद्यार्थी लगायत केही शिक्षकको टोली भ्रमणका लागि अगाडि बढ्यो । गाडीमा रमाईलो गर्दै जाँदा हामी कतिबेला कोशी ब्यारेजको रमणीय किनारमा पुगेछौं थाहै भएन । कोशीलाई देख्दा यस्तो लाग्यो कि, म कुनै समुद्रको किनारमा छु । केहीबेर त्यही समय बिताई २ः३० बजे हामीले हाम्रो यात्रालाई निरन्तरता दियौं ।

अन्ताक्षरी खेल्दै, गीत गाउँदै, रमाईलो गर्दै हामी नेपालको सबैभन्दा ठूलो मन्दिर जानकी मन्दिर जनकपुर धाम पुग्यौं । मन्दिर पुग्दा बेलुकाको ७ बजेको थियो । मन्दिरको सुन्दरता, आकर्षक बनोटले हामी सबैको मन लोभ्याएको थियो । केहीबेर घुमी मन्दिरको सुन्दरतालाई नियालेर हामी हतार हतार खाना खान लाग्यौं । रात निक्कै परिसकेको हुनाले १० बजे हामी जनकपुरबाट लुम्बिनीलाई लक्ष्य मानेर त्यसतर्फ प्रस्थान ग¥यौं । करिब ११ बजेको थियो होला गाडीको टायरले हामीलाई धोका दियो । सिधा भाषामा भन्नु पर्दा पम्चर भयो । पम्चर भएको टायर बनाउँन १ घण्टा लाग्यो । हामी पुनः त्यहाँबाट हिड्दा १२ बजिसकेको थियो ।

पुरै रात गाडीमा काटेर बिहान करिब ७ बजेतिर हामी हाम्रो भ्रमणको गन्तव्य स्थल लुम्बिनी पुग्यौं । गाडिबाट ओर्लिएर हात, मुख धोएपछि खाजा खाएर लुम्बिनीका बौद्ध गुम्बाहरुको अवलोकन गर्न थाल्यौं । श्रीलङ्का, भुटान, थाइल्याण्ड, माल्दिभ्स, चाइना, बंगलादेश, म्यानमार, जापान लगायत धेरै देशले बनाएका गुम्बाहरु रहेछन् । त्यहाँको सफा र स्वच्छ वातावरण देखेर मलाई एकदमै आनन्द लाग्यो । हामी सबै जना मिलेर रमाईलो गर्दै घुम्दा घुम्दै १ बजेको पत्तो नै भएन । खाना खाने समय भएकाले हामी खाना खाएर सिजी मन्दिर दर्शन गर्न गयौं । मन्दिरको दर्शन गरेर बेलुका ६ बजे फेरि खाना खाएर हामी झापा तर्फ लाग्यौं ।

फर्किंदा बाटामा यात्राका रमाईला क्षण सम्झँदै, देखिएका सुन्दर दृश्यहरुका विषयमा रातभर साथीहरुसँग गफ गर्दा गर्दै हामी झापा प्रवेश ग¥यौं । झापा आइपुग्दा उज्यालो भइसकेको थियो । घरमा आएर मैले सबैलाई यात्रा विवरण सुनाएँ । यो मेरा लागि विर्षनै नसकिने शैक्षिक भ्रमण थियो । यतिबेला पनि कसैले ती ठाउँको नाम लिँदा वा टिभीमा देख्दा भने मेरा मनमा त्यहाँका दृश्यहरु झलझली आइहाल्छ । श्री शनिश्चरे मावि, कक्षा १०

[ईशा लिम्बू]