अभ्यूदय पूर्वकै कान्छा ब्ल्याकबेल्ट « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

अभ्यूदय पूर्वकै कान्छा ब्ल्याकबेल्ट


यलम्वर टाइम्स
९ आश्विन २०७३, आईतवार १०:१९

555शनिअर्जुन / नेपाल तेक्वान्दो संघ, झापा शाखाले  भाद्र २५ गते शनिवार सम्पन्न गरेको ग्रेडिङमा शनिश्चरे तेक्वान्दो डोजाङबाट ब्ल्याक बेल्टका लागि सहभागी भएका ९ बर्षीय अभ्यूदय वीर विक्रम भट्टराई झापाका सबैभन्दा कान्छा ब्ल्याकबेल्ट हुने र सम्भवतः पूर्वकै कान्छा समेत हुने तेक्वान्दो झापाका अध्यक्ष विजय न्यौपानेले बताए ।

२०६४ साल भाद्र १० गते जन्मिएका अभ्यूदय एम्स एकाडेमी शनिश्चरेमा कक्षा ५ मा अध्ययन गर्छन् । चार बर्षकै उमेरदेखि तेक्वान्दो खेलमा तालिम लिन थालेका उनीभन्दा कम उमेरमा झापाबाट तेक्वान्दो खेलका आजसम्म कोही पनि ब्ल्याक बेल्टका लागि सहभागी नभएको पूर्वाञ्चल संयोजक टार्जन सुब्बाले समेत बताए ।

शनिअर्जुन–१ निवासी पत्रकार कुमार भट्टराई तथा आमा शारदा भट्टराईका छोरा अभ्यूदयमा एक कुशल खेलाडीमा हुने गुणहरु रहेकाले भविष्यमा सक्षम खेलाडी बन्न सक्ने पर्याप्त सम्भावनाहरु रहेको नेपाल तेक्वान्दो संघ, झापाका सचिव प्रदिप श्रेष्ठ बताउँछन् ।