‘शिक्षा क्षेत्रमा भानुको योगदान उत्कृष्ट’ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

‘शिक्षा क्षेत्रमा भानुको योगदान उत्कृष्ट’


यलम्वर टाइम्स
१९ पुष २०७६, शनिबार ०२:३५

भानुको ६० औं वार्षिकोत्सव

अर्जुनधारा । पञ्चाती व्यवस्था ताका बेला ग्रामिण क्षेत्रमा विद्यालय स्थापना गर्नु फलामको चिउरा चपाउनु सरह मानिन्थ्यो । यद्यपी यस क्षेत्रका अगुवाहरुको पहल कदमीमा आजभन्दा ६० वर्ष अगाडि विद्यालयको स्थापना भयो ।

विद्यालय स्थापना गर्नुभन्दा त्यसलाई टिकाइ राख्नु अझ चुनौतिको कुरा थियो । यस्ता चुनौतिहरुलाई अवसरको रुपमा लिँदै अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयले आफ्नो ६० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा मनाएको छ ।

विद्यालय सञ्चालनमा विभिन्न समस्याहरु आए पनि शिक्षाको ज्योति छर्ने कर्तव्यबाट बिमुख नभएको भानु माध्यमिक विद्यालयले आजसम्म आउँदा देशका लागि सुयोग्य नागरिक उत्पादनमा अह्म भूमिका निर्वाह गरेको छ ।

विद्यालयले ६ दशक पार गरिरहँदा यहाँ आयोजित वार्षिक उत्सव कार्यक्रममा कक्षा ८, ११, १२ र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

देवी तुलसा शिक्षा स्मृति पुरस्कारबाट २०७५ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र सन्दीप कट्टेल, सुनिल लम्साललाई नगद ५÷५ हजार र छात्रा निशा विष्टलाई नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै गरी पुरुषोतम कोइराला स्मृति शिक्षा पुरस्कारबाट कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने ओमप्रकाश बराइलीलाई नगद १० हजार सहित सम्मानपत्र र कक्षा १२मा उत्कृष्ट अंक ल्याउने छात्र एटम लिङदेन र छात्रा अपर्णा धिमाललाई लालबहादुर जसोदा चौहान स्मृति शिक्षा पुरस्कार अन्तर्गत नगद रु. एक हजार ९५० सहित सम्मान पत्रले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रुपक दाहालले बताए ।

त्यस्तै कक्षा ८ बाट उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने पूजा मैनालीलाई धनमाया खनाल स्मृति पुरस्कारले सम्मान गरिएको थियो । उनलाई नगद रु ३ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरुलाई नगर प्रमुख हरिकुमार रानाले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख रानाले इञ्जीनियरिङ क्षेत्रका विद्यार्थीद्वारा तयार पारी प्रदर्शनमा राखिएका भौतिक संरचनाको अवलोकन गर्दै शिक्षा क्षेत्रमा भानु माविको योगदान उत्कृष्ट रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारती, शिक्षक अभिभावक संघका संयोजक अडिमदन बुढाथोकी, पूर्व शिक्षक बलबहादुर खड्का, जग्गादाता गणेश खड्का, गीताराज खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ऋद्धिबहादुर खड्का, शनिश्चरे माविका प्रअ चेतामणि खनाल, पूर्व विद्यार्थी पूर्ण चौहान, राजेन्द्र चम्लगाई लगायतको आतिथ्यता रहेको शिक्षक राजन प्रधान बताए ।

विद्यार्थी भिषण राईले स्वागत गरेको कार्यक्रममा विभिन्न खेलकुद तथा सांगीतिक कार्यक्रमको आयोजना गरिएको सञ्चालक शिक्षक देवीप्रसाद गौतमले बताए । वार्षिक उत्सव तीन दिनसम्म सञ्चालन भएको थियो ।