‘वैज्ञानिक वन नीतिले वनको रक्षासँगै उपभोक्ताको सम्मान गर्छ’ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

‘वैज्ञानिक वन नीतिले वनको रक्षासँगै उपभोक्ताको सम्मान गर्छ’


यलम्वर टाइम्स
१९ पुष २०७६, शनिबार ०५:२७

खुदुनाबारी । जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेलले वैज्ञानिक वन नीतिले वन जंगलको सुरक्षासँगै वनसँग जोडिएका उपभोक्ताको हित रहने हुँदा जुकेखाडी सामुदायिक वन वैज्ञानिक वन नीतिको बाटोमा लागेको बताएका छन् ।

सामुदायिक वनको २४औं उपभोक्ता भेला तथा प्रस्तुत प्रतिवेदन वाचन गर्दै अध्यक्ष कट्टेलले वैज्ञानिक वन नीतिमा जाने २१ वटा बुँदा वाचन गरी उपभोक्तालाई जानकारी दिएका थिए ।

मञ्चमा प्रमुख अतिथि प्रदेश नं. १ का वन मन्त्री जगदीश कुसियैतलाई जुकेखाडीको वन नीतिबारे जानकारी गराउँँदै इन्धनको आपूर्ति वन भन्ने सोचको सट्टा वैकल्पिक उपाय अवलम्बन गर्न उपभोक्तालाई प्रोत्साहित गर्ने, पशुपालन, खुल्ला चरण गरी उपभोक्तालाई घाँस विकास, गोठ सुधार, नश्ल सुधारमा प्रेरित गरिने, टिम्बरको उचित प्रयोग गर्दै काठको निम्ति पात, झाँडी, जडीबुटी, जनवार, पंछी, ढुङ्गा, माटो लगायत स्रोतको कानुन सम्मत उपयोग गरिने, कैदले पर्यापर्यटनका लागि जुट्ने, जडीबुटी उद्योगमा आधारित रिसर्च, शिक्षा, स्वास्थ्य सेवाका लागि प्रयास गरिने, नदी कटान भू–क्षय, वन डडेलो, चोरी तस्करी, जंगली जनवारको आतंक जस्ता प्रकोप र कार्यहरुको क्षति न्यून गर्न सरकार, सामुदायिक वन साझेदार नीति अवलम्बन गर्ने, गैडेआहालमा पर्ने क्षेत्रलाई हात्ती क्षेत्र घोषणा गरी अलग्गै राखिने, जुकेखाडि सामुदायिक वन उपभोक्ता समुहको कुल क्षेत्रफल ७४८.५० हेक्टरलाई १० वर्षे कार्ययोजना निर्धारण गरी ८० वर्षको जीवन चक्रमा संरक्षण, उपभोग्य र वितरणको योजना बनाईने जस्ता नीति सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद वृख प्रधान, संविधान सभाका सदस्य प्रेमबहादुर गिरी, डिभिजन वन प्रमुख विष्णुलाल घिमिरे, नगरप्रमुख हरिकुमार राना लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

योजना वाचन गर्दै जाँदा अध्यक्ष कट्टेलले वन विकास सम्बन्धि गरेका कार्यक्रम गरिबी न्यूनिकरण अन्तरगत गरेका विवरण वाचन गरेका थिए ।

अध्यक्ष कट्टेलले कैदले पर्यापर्यटन क्षेत्रमा गरेका पूर्वाधार विकासका कार्यक्रम समेत वाचन गरेका थिए । उनले गतवर्षको आम्दानी र खर्च विवरणसँगै चालु आर्थिक वर्ष ०७६÷०७७ मा कैदले पर्यापर्यटनका लागि विभिन्न प्रस्ताव राखेका थिए ।

टाङटीङको पूर्वी भाग वडा नं. ४ मा मलामी विश्राम स्थल, भुटानी शरणार्थी स्मृति पार्क, कैदले फाल्गुनन्द सिमसार पोखरीलाई स्तरउन्नति, योग ध्यानका लागि आवश्यक सामाग्री जस्ता प्रस्तावहरु रहेका छन् ।

अध्यक्ष कट्टेलले सार्वजनिक विकासमा चरणबद्ध गरिने कार्यक्रम अन्तरगत दाहसंस्कार दाउरा र चिरान काठ निःशुल्क प्रदान गर्ने, मठ–मन्दिरमा आर्थिक तथा भौतिक सहयोग गरिने, फर्निचर भवन निर्माण गरिने, सामुदायिक वन समुहका उपभोक्ता क्षेत्रमा सडक, पुल, पुलेसो निर्माण गर्ने बताए ।

उनले आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रको दीगो विकासका लागि प्रचारप्रसारमा कमी नरहने बताए ।

अध्यक्ष कट्टेलले वाचन गरेको प्रतिवेदनमा आदिवासी तथा जनजाति ४ सय ९९ घर, दलित २ सय ७२ घर, अल्पसंख्यक ४ घर र अन्य क्षेत्री÷बाहुन १२ सय ७२ घर रहेको तथ्याङ्क सार्वजनिक गरे ।

वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना वाचन गर्दै कैदले पर्यापर्यटन क्षेत्र ७०.९० हेक्टर, गैँडे आहाल संरक्षित क्षेत्र ११.६० हेक्टर, संरक्षित चुरे क्षेत्र २९६.७० हेक्टर र आवाधिक क्षेत्र ३५१.८० हेक्टर रहेको समेत बताए ।

उपभोक्ता भेलामा आर्थिक समितिका संयोजक हरिराम शर्मा, अनुगमन समितिका संयोजक लक्ष्मी शर्मा र आन्तरिक लेखा संयोजक राम महतले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन उपभोक्ताहरुले पारित गरेको सचिव सरिता भण्डारीले बताइन् ।

२४औं सभामा नगरपालिकाका उपप्रमुख कमला आचार्य, नेपाली कांग्रेसका नगर अध्यक्ष हेमराज खरेल, नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टीका महिला नेतृ मीना पन्धाक, शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडा, हचुमासा सामुदायिक वनका अध्यक्ष युवराज लोहार, वन महासंघ, झापाका पूर्वअध्यक्ष छत्र पौडेल लगायत विभिन्न संघ, संगठनको प्रतिनिधित्व रहेको थियो भने स्थानीय क्षेत्रका नगर सदस्य तथा बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो ।

समुहका उपाध्यक्ष नारायण पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव सरिता भण्डारीले गरेकी थिइन् ।

वृहत्त उपभोक्ताहरुको सहभागिता रहेको कार्यक्रममा वन संरक्षणमा योगदान पु¥याएका गंगा वाग्ले, अर्चना न्यौपाने, नेत्र चापागाई, रुद्र बोहोरा, टीका तिम्सिना, गोविन्द नेपाल, लोकनाथ दुलाललाई पुरस्कृत गरिएको थियो ।

सोही कार्यक्रममा दुर्गा कुँवर, चन्द्रबहादुर लुवागुन, धनबहादुर दर्जी, रुद्रबहादुर घतानी, मनमाया लिम्बू, तेजकुमार दाहाल, किरण कार्की, उमादेवी परियार, मनिका श्रेष्ठ, सूर्य ढकाल, गीता राई, इन्द्रमाया बयलकोटी, कौशिला लिम्बू, धनमाया ढकाल, अनिता खतिवडा, टीकामाया मगर, पार्वता सुब्बा, भगवति राई, हिमकला पाण्डे, विनस पौडेल, नरमाया भण्डारी, डम्बर भुजेल, शंकर र अनुप लगायतलाई लत्ताकपडा वितरण गरिएको थियो ।