सिंहदेवीको ६१ औं वार्षिक उत्सव सम्पन्न « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

सिंहदेवीको ६१ औं वार्षिक उत्सव सम्पन्न


यलम्वर टाइम्स
२४ पुष २०७६, बिहीबार ०५:००

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१ स्थित श्री सिंहदेवी माध्यमिक विद्यालयको ६१ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।

बुधबार विद्यालयले लामो समयदेखि शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने शिक्षक, उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै बार्षिक उत्सव मनाएको हो ।

दृघ सेवा सम्मानबाट विद्यालयका पूर्व प्र.अ. खड्गबहादुर तामाङ, पूर्व शिक्षक डम्बरकुमार बजगांईलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सम्मान गरेका थिए ।

त्यसैगरि कार्यक्रममा यामबहादुर फुयाँल स्मृति छात्रबृत्ति पुरस्कारबाट गरिब तथा जेहेन्दार विद्यार्थी जीवन निरौला, रुबिना खतिवडा, शेखर राई, अनाथ छात्र–छात्रा खुमादेवी चापागांई, जय तामाङ र बर्ष उत्कृष्ट शिक्षकबाट यादव कोइरालालाई सम्मान गरिएको थियो ।

कार्यक्रमममा कालीबहादुर–धनमाया गोले छात्रवृत्ति निशान सुवेदी, कृत्रिका पौडेल, बबिता थेवे, संजय लिम्बुलाई प्रमुख अतिथि नगरप्रमुख रानाले नगद सहित सम्मान गरेका थिए ।

कार्यक्रममा खिबलाल अधिकारी छात्रबृत्ति पुरस्कारबाट आयुष्मा पौडेल र लोकेश गिरीलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रमको बिशिष्ट अतिथि वडा १ वडाध्यक्ष गजाधर खतिवडा रहेका थिए ।