शैक्षिक अवलोकनमै पाए विद्यार्थीले न्यानो कपडा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

शैक्षिक अवलोकनमै पाए विद्यार्थीले न्यानो कपडा


यलम्वर टाइम्स
२६ पुष २०७६, शनिबार ०३:०५

कालिस्थान । शैक्षिक अवलोकनमा जाँदा न्यानो कपडा पाइन्छ भन्ने आशा विद्यार्थीहरुले बोकेका थिएनन् । तर अवलोकनकै क्रममा चिसो सिरेटोले पिरोली रहेको बेला न्यानो कपडा हात–हातमा पर्दा विद्यार्थीहरु मात्र दंग परेनन् शिक्षक शिक्षिक पनि छक्क परे ।

गत बिहिबार अर्जुनधारा नगरपालिका वडा नं. १० को सहकार्यमा सोही वडाको सेतीपानी स्थित सिंहबाहिनी प्राविका ८५ जना विद्यार्थीलाई लिएर विद्यालय सुरुङ्गाको ह्यापी ल्याण्ड पार्कमा पुगेको थियो ।

अवलोकनका लागि उपयुक्त उक्त पार्कमा विज्ञानका गतिविधिमात्र होइन विभिन्न जीवजन्तु हेर्नका लागि पनि उक्त स्थान रोजिएको थियो ।

सोही समयमा शिवसतासी नगरपालिका नम्वर८ निवासी कुमारी शेर्मा र भिम राईले ५० हजार मूल्य बराबरको कपडा विद्यार्थीहरुलाई उपलब्ध गराएका थिए ।

विभिन्न दाताहरुको सहयोगमा अवलोकनसँगै वनभोजको समेत आयोजना गरिएको थियो । वनभोज पश्चात् न्यानो कपडा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले सहयोगी हात फैलाउँने कुमारी शेर्मा र भिम राईलाई साधुवाद प्रकट गरे ।

अध्यक्ष गोम्देनले अत्यन्तै कष्टकर ढंगबाट सञ्चालनमा आएको सिंहबाहिनी प्राविलाई सहयोग गर्न सबैतर्फबाट आव्हान समेत गरेका थिए ।

वि.सं. २०२३ सालमा झोडाका गरीब जनताका छोराछोरीहरुलाई अध्ययन गराउँने उद्देश्यबाट सञ्चालनमा रहेको उक्त विद्यालयको स्तरोन्नतिका लागि प्रधानाध्यापक नारादप्रसाद कडरियाले अनुरोध गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सहयोगी हात प्रदान गर्ने ज्ञानु खडका, तिलक चिमरिया, सूर्य खतिवडा, राम तिम्सिनालाई विद्यालयले धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

शिक्षक चन्द्रप्रसाद तिवारीले स्वागत गरेको उक्त कार्यक्रममा वडा नं. १० का वडा सदस्यहरु भोला गौतम, सीता परियार, फिपराज लिम्बू, वडा सचिव कृष्ण नेपाल लगायतको आतिथ्य रहेको थियो ।