अर्जुनधारा वडा नम्वर ४ प्रधानमन्त्री कृषि योजनामा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारा वडा नम्वर ४ प्रधानमन्त्री कृषि योजनामा


यलम्वर टाइम्स
२६ पुष २०७६, शनिबार ०४:२१

भाङबारी । शिवशक्ति कृषक समूहले समूहमा आवद्ध कृषकहरुको बृहत भेला सम्पन्न गरेको छ । विन्ध्यावासिनी सिंहदेवी मन्दिरको सभाहलमा आयोजित भेलामा वडा नं. ४ अन्तर्गत टोल नंं. १ र २ का कृषकहरुको बृहत उपस्थिति रहेको थियो ।

समूहका अध्यक्ष शिवशंकर रिजालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष दाहालले आफ्नो वडा प्रधानमन्त्री कृषि जोनमा परेको बताए ।

उनले अर्जुनधारा नगरपालिका वडा नं. ४ लाई २ खण्डमा विभाजन गरी समूह गठन गरि कृषि र कृषकको विकास र विस्तारमा लैजादै सिचाईको व्यवस्था गरिने बताए ।

कृषि प्राविधिक अर्जुन पौडेलले कृषकहरु भेला भई कृषि समूह गठन हुनु सकारात्मक भएको बताउँदै नगरपालिकाका कार्यक्रमहरु मझौला साना ट्याक्टर, भकारो सुधार, कृषक पाठशाला लगायत कृषि ज्ञान केन्द्र कृषकहरुको समूह बनाई सामुहिक रुपमा १० हेक्टरसम्म जग्गामा कागती खेती, तरकारी खेती, मकै खेतीका लागि प्रोत्साहन गरिने बताए ।

यस क्षेत्रका मुख्य समस्या फौजी किराको समस्या देखिएमा तत्कालै समाधानका लागि नगरपालिका कृषि शाखासँग समन्वय गर्न कृषकहरुलाई आव्हान गरेका थिए ।

उक्त भेलामा चिरञ्जिवी शिवाकोटीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

उक्त भेलाबाट खगेन्द्र कट्टेल सचिव, सदस्यहरुमा शिवशंकर रिजाल, मनोरथ शिवाकोटी, प्रेम कार्की, हुमा पोखरेल, विदुर भट्टराई रहेका छन् ।

भिष्म शिवाकोटीले स्वागत गरेको उक्त भेला खगेन्द्र कट्टेलले सञ्चालन गरेका थिए ।