नेपाली हार्टबाट झापा र इलामका विद्यालयमा सहयोग « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

नेपाली हार्टबाट झापा र इलामका विद्यालयमा सहयोग


यलम्वर टाइम्स
२८ पुष २०७६, सोमबार ०७:१२

अर्जुनधारा । नेपाली हार्ट सोसियल टीमले झापा लगायत माइ नगरपालिकाका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रीका साथै खेलकुदका सामग्री वितरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय देखिएको नेपाली हार्टले झापाको कनकाइ नगरपालिका–१ प्रजापति स्थित पशुपति प्राविमा शैक्षिक सामग्री वितरण गरेको हो ।

माई नगरपालिका–२ पूर्वेझोडा झण्डी चुली कनकाई सरस्वती आधारभुत विधालयमा टेलिभिजन साथै विद्यार्थीहरुलाई कपिकलम लगायत खाजा खुवाइएको नेपाली हार्टकी सदस्य टीका लिम्बूले बताइन् ।

त्यस्तै गरेर बिर्तामोड–१० चमरधापको चमरधाप प्राविमा पनि शैक्षिक, खेलकुदका सामग्रीका साथै विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण गरिएको जनाईको छ ।

टीमले अर्जुनधाराको हात्ती पीडित क्षेत्र दहिझोडामा ३५ हजारको लगानीमा पोल–पोलमा बत्ती जडान गर्ने कार्य गरेको थियो ।

२०७२ सालमा स्थापना भएर सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली हार्टले आगामी दिनहरुमा पनि आफ्नो कार्यलाई निरन्तरता दिने बताएका छन् ।

नेपाली हार्टको सहयोग पाएपछि यस्ता सहयोगले साना बालबालिकाहरुको पठनपाठनमा सहज हुने बताउँदै धन्यवाद दिएका थिए ।