साद्दुटारमा पुराण सुरु, खानेपानी र आवास गृह उद्घाटन « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

साद्दुटारमा पुराण सुरु, खानेपानी र आवास गृह उद्घाटन


यलम्वर टाइम्स
२ माघ २०७६, बिहीबार ११:४१

साधुटार । प्रतिनिधि सभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले धार्मिक क्षेत्रबाट नेपाली जनतालाई ज्ञान चक्सु वितरण गरि सचेत गराउन सके नेपाली समाज माथि उठ्न सक्ने बताइन् ।

अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारको ४४ औं वार्षिक अनुष्ठान तथा श्रीमद अग्नीमहापुराणको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य निरौलाले हाम्रो सम्पदा, हाम्रो संस्कृति जगेर्ना गर्दै यस रमणीय भुमिलाई अझ समृद्ध बनाउन आफ्नो तर्फबाट सहयोग गर्नेसमेत बताइन् ।

प्रमुख अतिथि समेत रहेकी निरौलाले बिहीबार शंकराचार्य पीठ परिसरभित्र रहेको श्रीप्रसाद ओली स्मृतिद्वारा निर्मित खानेपानी ट्याङ्कीको समेत उद्घाटन गरेकी थिइन् । उक्त ट्याङ्की ओली स्मृति प्रतिष्ठानद्वारा करिब १० लाखमा निर्माण गरिएको थियो ।

सोही समयमै नगरका नगर प्रमुख हरिकुमार रानाले बटुक आवास गृहको उद्घाटन गरेका थिए । नगरपालिकाद्वारा १० लाखमा निर्मित उक्त आवास गृह उद्घाटन गर्दै नगर प्रमुख रानाले साधुटारबाट बौद्धिक विद्वत वर्गहरु उत्पादन गरेकोमा धन्यवाद दिँदै यसको विकासका लागि नगरपालिका सहयोग गर्ने बताए ।

शंकराचार्य पीठका अध्यक्ष केदारनाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेलले पूर्वको विशिष्ट धार्मिक स्थलमा रहेको वेद वेदाङ्ग पाठशाला विश्वविद्यालयमा परिणत गर्न आफूले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा हचुमासा सामुदायिक वनका युवराज लोहार, ओली वंश समन्वय समितिका उमेश चन्द्र ओली लगायतले शंकराचार्य पीठको प्रशंसा गरेका थिए ।

कार्यक्रममा पीठका व्यासाचार्य लक्ष्मी खतिवडाले बटुकहरुको सेवा र सुविधाका लागि यस्ता प्रतिष्ठान गर्दै आएको बताए ।

कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसका अध्यक्ष सरोज ओली, सिंहदेवी माविका लक्ष्मीप्रसाद रिजाल, शनिश्चरे खानेपानीका अध्यक्ष शंकर सुवेदी, वडा नम्वर १ का अध्यक्ष गजाधर खतिवडा, नेपाली कांग्रेसका नेत्रप्रसाद आचार्य, नेकपाका भक्तिप्रसाद कोइराला, सिस्ने शान्ति विद्यालयका शान्ति चापागाईं, साकम्बरी शक्तिपीठका चन्द्र अधिकारी, सांगवेद संस्कृत मावि चारपानेका दामोदर न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।