अर्जुनधारा नगर महोत्सव वडा नम्वर ७ बाट सुरु « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

अर्जुनधारा नगर महोत्सव वडा नम्वर ७ बाट सुरु


यलम्वर टाइम्स
४ फाल्गुन २०७६, आईतवार १२:४६

अर्जुनधारा । पर्यटन वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको बृहत अर्जुनधारा नगर महोत्सव अर्जुनधारा–७ बाट सुरु भएको छ ।

आईतबार रमाइलो बस्तीको खेल मैदानमा आयोजित कार्यक्रमका बीच नगर प्रमुख हरिकुमार रानाले पानसमा दीप प्रज्वलन गर्दै महोसत्वको उद्घाटन गरेका हुन् ।

नगरमै पहिलो पटक भएको महोत्सवमा वडा नम्वर ७ का स्थानीय बासिन्दाहरुको बृहत सहभागिता रहेको थियो ।

महोत्सव उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति उद्धव थापाले १५ वटा पालिका मध्ये अर्जुनधारा नगरपालिकाले वडा–वडामै पुगेर कार्यक्रम गर्न सफल भएको बताउँदै विकासे काम र जनताको सेवा सक्रिय रहेकोमा धन्यवाद दिए ।

विशेष अतिथि समेत रहेका सभापति थापाले अर्जुनधारा जलेश्वरधामलाई जोडेर पर्यटन प्रवद्र्धनको प्रचरप्रचार गरिएको हुँदा पूर्वको धार्मिक केन्द्र रुपमा अर्जुनधारा रहेको बताए ।

कार्यक्रममा अर्का अतिथि नेकपाका प्रेमसागर सापकोटाले अर्जुनधारा नगरले गरेको कार्यक्रममा स्थानीय जनताको साथ रहेको बताए । महोत्सवसँगै नगरपालिकाका विभिन्न शाखाहरुले विभिन्न सेवा प्रदान गर्दै आएका छन् ।

महोत्सवमा कृषि शाखाका प्रमुख पदमलाल राईले २० वटा पशुको गोवर जाँच, ४० लाई परामर्श सेवा प्रदान गरेको बताए । प्राविधिक बेनुप बस्नेतका अनुसार प्रत्येक वडामा यस्ता कार्यक्रम रहेको बताए ।

यसरी नै स्वास्थ्य सेवा शाखाले ४० जनाको माइक्रोस्कोपिक क्याम्प, स्क्रिनिङ क्याम्प २७ र भीआईए टेष्ट ९ जनालाई गरेको शाखाकी सहसंयोजक दुर्गा चापागाईलेृ बताइन् । कार्यक्रममा महिला स्वयमसेवीकाहरुले पोषण प्रदर्शन गरेका थिए ।

अर्जुनधारा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रम नगर प्रमुख हरिकुमार रानाले जनतालाई महोत्सवको अनुभूति गराउँदै चेतना छर्न नगरले यस्ता खालको कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा श्रीजलाल चौधरी, वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देन, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, दिपीन राई, वडा नं. ४ का वडाध्यक्ष दुर्गा दाहाल, वडा नं. १ का गजाधार खतिवडा, खेलकुद संयोजक अर्जुन मेचे, युवा परिषद संयोजक होम दुलाल, सुशिला सुवेदी, उपप्रमुख कमला आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, इन्सेक प्रतिनिधि नरेश खाती, रमेश त्रिखत्री, शारदा भट्टराई, ऐतराज नेम्वाङ, गोमा पर्वते लगायतको उपस्थिति रहेको थियो ।

वडा सचिव प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन देवकुमार राई र उर्मिला दाहालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा सूर्यज्योति तेक्वान्दो डोजाङले डोमोस्ट्रेशन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्की आउने भनिए पनि प्राविधिक कारण वश उपस्थिति नरहेको वडाध्यक्ष नविन ढुंगानाले बताए ।

साहित्यको निर्णायक मण्डलीमा साहित्यतर्फ कृष्ण बराल, कुमार भट्टराई, पुण्य बराल, कलातर्फ हस्त परियार, कृष्ण पौडेल, सुजन मगर रहेका छन् ।