‘अस्वत्थामा’ उपन्यास परम्परित महाभारतमाथिको प्रतिपक्ष विचार « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

‘अस्वत्थामा’ उपन्यास परम्परित महाभारतमाथिको प्रतिपक्ष विचार


यलम्वर टाइम्स
१० फाल्गुन २०७६, शनिबार ०३:३५

[डा. नारायण चालिसे]

[डा. नारायण चालिसे]

कुमार भट्टराईले नेपाली आख्यानमा दर्बिला पाइला राखे भन्ने कुरा ‘अस्वत्थामा’ उपन्यासले थप पुष्टि गरेको छ । यसपूर्व पनि कुमारका कथासङ्ग्रहहरू प्रकाशित भइसकेकै थिए र ती नयाँ आयामको खोजीमा प्रयत्नरत थिए । ‘अस्वत्थामा’ ले कुमारभित्रको आख्यान क्षमतालाई उजागर गराएको छ । अब उनी गहकिला आख्यानकार बनेका छन् । स्रष्टाको परिचय सिर्जनात्मक वैशिष्ट्यबाट हुन सक्यो भने त्यही नै सुन्दर परिचय हो । विलाप गरेर बनाइएको परिचय त्यति सुन्दर लाग्दैन । कुमारलाई अब त्यो विलापको आवश्यकता रहेन । अस्वत्थामाले कुमारभित्रको शक्तिको प्रारम्भिक तर दरिलो रूप देखाएको छ । पछिल्लो समयमा नेपाली आख्यानमा प्रयोग हुँदै आएको महाआख्यान माथिको विनिर्माण शैलीलाई पछ्याएरै कुमारले ‘अस्वत्थामा’ लाई नयाँ रूपमा उपस्थित गराएका छन् ।

‘अस्वत्थामा’ प्रसिद्ध ऐतिहासिक महाकाव्य महाभारतको मूलकथालाई आधार बनाएर लेखिएको उपन्यास हो । महाभारत यो धर्तीको महाआख्यान हो । विशेषतः दक्षिणपूर्वी भूगोलअन्तर्गतको आर्यावर्तमा प्रचलित सुप्रसिद्ध सभ्यतालाई समाएर निर्माण भएको राज्यसत्ता, परम्परा र त्यसअन्तर्गत निर्माण भएको एउटा बृहत् परिवेश जुन ऐतिहासिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि विषयहरू जोडिएर निर्माण भएको थियो त्यसलाई विषय बनाएर रचिएको ज्यादै ठूलो आख्यान काव्य हो महाभारत । अरू धेरै विषय पढ्न नसके पनि महाभारत मात्रको अध्ययन गर्न सकियो भने एउटा सभ्यताको जानकारी पाउन सकिन्छ भनिन्छ । त्यसरी एउटा सिङ्गै सभ्यतालाई बोक्न सक्ने सामथ्र्य रहेको महाभारत त्यसकारण एउटा महाआख्यान हो । यसबाट धेरै प्रकारका आख्यानहरू निर्माण गर्न सकिन्छ । त्यसमाथि महाभारत केही सीमित व्यक्ति र शक्तिको नियन्त्रणमा अथवा केही मान्छेका केही प्रवृत्तिका, केही उद्देश्यका पक्षमा केही खास व्यक्तिहरूले लेखेको इतिहास पनि हो । इतिहास जसले लेख्छ उसैको विचारको लेख्छ । त्यसले केहीका पक्षमा भएजस्तै केहीका विपक्षमा पनि लेखिएको हुनसक्ने सम्भावना छ । जुन कुरा समयको क्रमसँगै बाहिर आउनु सम्भव छ र सायद जायज पनि छ । महाभारतलाई खास धर्म र संस्कृतिको आँखाबाट हेर्दा जे जस्तो देखिएको, सुहाएको मानिएको छ र त्यसका अतिरिक्त अन्यथा ठानिएको छ । यो कुरा खासमा अब समीक्षाको विषय बन्नुपर्छ । महाभारतलाई धर्मग्रन्थ मान्नु पर्ने खास तर्कहरूलाई अलि पर राखेर महाभारत मन्थनको जुन क्रम चलेको छ साहित्यमा त्यसलाई महाआख्यानमाथिको विपठन र त्यसैअनुरूपको लेखनलाई विनिर्माण मान्नुपर्छ । महाभारतमाथि उपन्यासहरू लेखेर महाभारत रित्तिंदैन बरु नयाँ महाभारतहरूको जन्म हुन्छ र नयाँ महाभारतको आँखाबाट संसार हेर्ने नयाँ दृष्टि प्राप्त हुन्छ भन्ने लाग्छ । महाआख्यान सार्वभौम चेतनाको पुञ्ज हो भने आख्यानहरूले तिनै चेतनाका स–स्याना झिल्काहरू मात्र बाहिर ल्याउन सम्भव छ । एक दुईवटा उपन्यास, दुई चारवटा काव्य वा दश बीसवटा नाटक अथवा केही कथा कविताहरूमा महाभारत अटाउँदैन पनि । अर्थात् महाआख्यान स्थिर मिथक पनि हो जो प्रत्येक सभ्यतामा अलग अलग कोठाबाट व्याख्या हुन्छ र अनुशरण हुन्छ । मर्ने, मार्ने, बँच्ने, बचाउने सबैको आधार यसै कारणले महाभारत बन्न सकेको होला ।

महाभारतको परम्परागत कथा, घटना, पात्र चरित्र र तिनीहरूको अनुकूल पारेर संकेत गरिएको सन्देशको एउटा गहिरो विश्वासलाई आस्था गर्ने ठूलो समुदाय अहिले पनि छ । आस्था गरिएकाहरूप्रति शङ्का र प्रश्न गर्नु हुँदैन, तिनीहरूको चरित्रान्तरण पनि गर्नु हुँदैन, धर्मजस्तै विश्वास गरेर मनमा राख्नुपर्छ भन्ने मान्यताका बहुसङ्ख्यक समर्थकहरूले महाभारतको प्रचलित कथा, घटना र चरित्रलाई उचित ठान्छन् र त्यही नै उचित हुनुपर्छ भनेर पनि मान्दछन् । जसले गर्दा महाभारतको आख्यानमाथि आलोचनात्मक दृष्टि लगाउनुलाई अपराध वा पापकर्म ठानिन्छ । महाभारत कुनै समयमा, कोही न कोही व्यक्ति, व्यक्ति समूह, प्रवृत्ति वा प्रवृत्ति शृङ्खलामा रचिएको त अवश्य हो । त्यसो भए ती व्यक्ति वा त्यो प्रवृत्ति मात्रै ठिक थियो त ? के साँच्चै महाभारत र महाभारतका सबै घटना, पात्र र तत्तत् चित्रण नै सत्य हो त ? भन्ने गम्भीर प्रश्न उपस्थित हुन्छ । सँगसँगै सत्य त सधैँ सापेक्ष हुन्छ । सत्यका त धेरै रूपहरू हुन्छन् । व्यक्तिको ज्ञान, योग्यता र क्षमताका आधारमा सत्यको निर्धारण हुन्छ । एउटै सत्य र अन्तिम सत्य त कुनै पनि छैन । विकल्पहरूको बीचबाट उत्तम विकल्पको खोजीको प्रयत्न मात्रै जगत्मा भएको छ । धेरै प्रश्नको बीचबाट उत्तम विकल्पको खोजीको प्रयत्न मात्रै जगत्मा भएको छ । त्यसो हो भने महाभारत निर्विकल्प सत्य हो त ? भन्ने अर्को प्रश्न उठ्छ । महाभारत निश्चय पनि निर्विकल्प सत्य होइन । निर्विकल्प सत्य कसैले लेख्न सकेको छैन । महाभारतका पनि विकल्प सत्यहरू छन् । त्यसैले बहुविकल्पी चेतनाका आधारमै महाभारतको अध्ययन र अनुशीलन हुनुपर्छ भन्ने कुरा नै आजको अर्को सत्य हो ।

साहित्यमा महाभारतलाई विकल्पका आँखाले हेर्ने छुट पाउनै पर्छ । यदि निर्विकल्प महाभारत हुन्थ्यो भने महाभारतका सबै घटना र पात्रहरूप्रति सबैको एकै किसिमको धारणा हुनुपर्ने, त्यसो त छैन । कसैलाई दुर्योधन मन परेको छ, कसैलाई अर्जुन । अर्थात् महाभारत निश्पक्ष दृष्टि होइन, महाभारत निर्विकल्प होइन, महाभारतमा घटना, पात्र र चरित्रको जुन पिरामीड तयार गरिएको छ त्यो एकपक्षीय छ । महाभारतको आख्यानमा विकल्पका सम्भावनाहरू छन् । ती सम्भावनाहरू यी, यी हुन सक्छन् भन्ने पछिल्लो चेतनाले महाभारतीय महाआख्यानमाथि धेरै विकल्प दृष्टि निर्माण भएका छन् । यस पूर्व नेपाली साहित्यमा मूल महाभारतको आख्यानमै केन्द्रित भएर लेखिएका केही आख्यानहरूमध्ये सबैले कुनै न कुनै दृष्टिले मूल आख्यानलाई भाँचेका छन्, बङ्ग्याएका छन् र नवीन तुल्याएका छन् । योजनगन्धामा सत्यवतीलाई केन्द्रीय चरित्र ठानेर महाभारत आख्यानको विनिर्माण गरिएको छ भने राधा उपन्यासमा राधालाई । चीरहरणमा कुन्ती, द्रौपदी वा नारीपात्रलाई केन्द्रमा राखेर आख्यानको पुनर्निर्माण गरिएको छ । यी माथिका उपन्यासहरूको एउटा साझा प्रवृत्ति नारी केन्द्रितता वा नारी केन्द्रीयता रहेको छ । यसै शृङ्खलामा उभिन आएको यो पछिल्लो उपन्यास अस्वत्थामा पनि महाभारतीय आख्यानको पुननिर्माण हो र यो पुरुष केन्द्रितता वा केन्द्रीयतामा संरचित छ । साथै महाभारतको परम्परित आख्यानले उपेक्षा गरेको पात्र अस्वत्थामा र महाभारतको आख्यानले घृणा गरेका पात्रहरू दुर्योधन र कर्णहरूलाई सम्मान गर्ने काम यो उपन्यासमा भएको छ । खासमा भन्दा उपेक्षितहरूका पक्षमा यो उपन्यास रचिएकाले यो परम्परालाई तोडेर उभिन खोजेको कृति हो । यसको मूल्य यस कारणले अझ बढी महत्वपूर्ण छ भन्ने बुझ्न आवश्यक छ ।


युधिष्ठिर, अर्जुन र दुर्योधनहरूभन्दा शक्तिशाली भएर पनि सुतपुत्रको अपमान बेहोर्न र अपेक्षित हुन बाध्य पारिएको कर्ण र यिनीहरूकै सामथ्र्यसँग बराबरी हैसियत राख्ने भएर पनि ओझेल पारिएको अस्वत्थामा र सधैँभरि नकारात्मक चरित्रमा उभ्याइएको दुर्योधनप्रति उपन्यासकारको सकारात्मक दृष्टिको प्रतिफल अस्वत्थामा उपन्यास हो । अस्वत्थामालाई हेर्ने केही आधारहरू निर्माण गरेपछि मात्र अस्वत्थामा उपन्यासप्रति न्याय हुन सक्छ ।

युधिष्ठिर, अर्जुन र दुर्योधनहरूभन्दा शक्तिशाली भएर पनि सुतपुत्रको अपमान बेहोर्न र अपेक्षित हुन बाध्य पारिएको कर्ण र यिनीहरूकै सामथ्र्यसँग बराबरी हैसियत राख्ने भएर पनि ओझेल पारिएको अस्वत्थामा र सधैँभरि नकारात्मक चरित्रमा उभ्याइएको दुर्योधनप्रति उपन्यासकारको सकारात्मक दृष्टिको प्रतिफल अस्वत्थामा उपन्यास हो । अस्वत्थामालाई हेर्ने केही आधारहरू निर्माण गरेपछि मात्र अस्वत्थामा उपन्यासप्रति न्याय हुन सक्छ । अन्यथा तथ्य वङ्ग्याएको आक्षेप पनि लेखकले बेहोर्न पर्ने हुन सक्छ । जस्तो कि पहिलो आधार अस्वत्थामा साहित्यिक कृति हो । यो कुनै धर्मग्रन्थ वा इतिहासको पुस्तक होइन । दोस्रो महाभारत स्वयं एउटा महाआख्यान समेटेर तयार भएको ऐतिहासिक महाकाव्य हो, इतिहास वा धर्मग्रन्थ होइन । कुनै कल्पनाशील व्यक्तिको हातबाट रचिएको सिर्जना हो । कुनै तथ्यपरक इतिहास नभई इतिहासमा आधारित महाकाव्य भएकाले महाभारतको कथामाथि आफ्नो संशोधित दृष्टि राख्ने स्वतन्त्रता प्रत्येक लेखकलाई रहेको छ । जुन पात्रलाई महाभारतले ओझेलमा राख्न चाह्यो, जुन पात्रलाई नकारात्मक उभ्यायो, जुन पात्र माथि महाभारतले अन्याय ग¥यो त्यसमाथि न्यायिक दृष्टि राख्ने चेतनाले गर्दा अस्वत्थामा परम्परित आख्यानप्रतिको विद्रोही अभिव्यक्ति हो जसलाई प्रतिपक्ष विचार मान्न सकिन्छ ।

त्यसो हो भने अन्यायी व्यक्ति र प्रवृत्तिलाई साथ दिएर गलत व्यक्तिको पक्षमा उभिनु के क्रान्तिकारिता हो ? के यस्तै दृष्टिलाई विद्रोही अभियान मान्न मिल्छ ? दुर्योधनले गरेको अन्याय र अन्यायी दुर्योधनलाई साथ दिने कर्ण र अस्वत्थामाहरूलाई बोकेर हिँड्ने लेखनलाई साँच्चै क्रान्तिकारी मान्न मिल्छ कि मिल्दैन ? उपन्यासकारले चोख्याउँदैमा दुर्योधन, कर्ण र अस्वत्थामाका असत्य र अनीतिका पक्षका कर्महरू क्षम्य हुन सम्भव छ ? भनेर गरिने प्रश्न परम्परित महाभारतीय आख्यानले खडा गरेको छ । जसले गर्दा महाभारतको सम्पूर्ण कथालाई नयाँ शैलीबाट पढ्नु पर्ने खरो चुनौती अस्वत्थामा उपन्यासले दिएको छ ।

उपन्यासमा महाभारतीय आख्यानलाई केही प्रगतिशील दृष्टिले हेरिएकाले उपन्यास परम्परा विरोधी बनेको छ । सबैभन्दा महत्वपूर्ण कुरा कथावस्तुको आधार महाभारत रहेपनि कथानक नयाँ ढंगले निर्माण गरिएको छ । अर्को अर्थमा अस्वत्थामालाई केन्द्रीय पात्र बनाएर नयाँ महाभारतको कथा बनाइएको छ । जुन परम्परित महाभारतको कथासँग मिलेजस्तो भएरै नयाँ बन्न पुगेको छ । अस्वत्थामामा चित्रित परिवेश, स्थान, वातावरण र घटनाको आधार महाभारत भए पनि ती सबै कुरा अस्वत्थामामा भिन्न छन् । यस अर्थमा अस्वत्थामा प्रगतिशील छ कि पुरानो महाभारतले किनारा लगाएका पात्रहरूलाई यसले केन्द्रमा ल्याएको छ । पुरानो महाभारतले दोषी ठह¥याएका पात्रहरूलाई निर्दोष बनाउन खोजेको छ । पुरानो महाभारतले ओझेल पारेका घटना र परिस्थितिलाई प्रकाशमा ल्याएको छ । यसो गर्दा स्थापित सत्य भत्किएको छ, नयाँ सत्यको सम्भावनाको ढोका घुरुक्क उघारिएको छ । हिजो आस्था गरिएका पात्रहरूप्रति वितृष्णा उब्जेको छ । नयाँ पात्रमा आस्था र भरोसा बढेको छ । कतिपय भ्रमहरू चिर्ने प्रयत्न भएको छ, नयाँ भ्रम सिर्जना भएका छन् ? पुराना प्रश्नको उत्तर खोजिएको छ र केही प्राप्त भएका छन् तर नयाँ प्रश्नहरू खडा भएका छन् । यसरी पनि त महाभारत लेखिन सक्छ, यसरी नै कसैको पक्षमा पुरानो महाभारत लेखिएको प्रति आशङ्का बढेको छ । नयाँ महाभारतको चुनौती थपिएसँगै पुरानो महाभारतप्रति अविश्वास पनि बढेको छ । जताततैबाट परम्परित महाभारतले निर्माण गरेको सत्यको पिरामीडलाई हल्लाएको छ । हल्लाएको भन्नाले प्रश्नहरू निर्माण भएका छन् । रावणका कथाहरू आस्थाले पढ्ने ठाउँहरू पनि छन् जसरी हाम्रोमा रामका कथा पढिन्छन् । त्यस्तै दुर्योधनका पक्षमा लेखिएको भए महाभारत कस्तो लेखिन्थ्यो होला ? यस्तै कर्ण वा अस्वत्थामाका पक्षमा लेखिएको भए महाभारत केही यसरी लेखिन सक्थ्यो भन्ने नयाँ सत्यतर्पm यो उपन्यासले इसारा गर्न खोजेको छ ।

लेखककै भनाइमा सत्ताले लेखेको महाभारत अथवा जित्नेका पक्षमा लेखिएको महाभारत जितेका र जितेका अनुभव गर्नेहरूलाई राम्रो लागे पनि जितसँगै प्रतिस्पर्धामा बसेकाहरूलाई निश्चय पनि राम्रो लाग्दैन । जसरी पटक पटक सत्ताका पक्षमा तर तथ्यका विपक्षका इतिहासहरू लेखिएका छन् त्यसरी नै आग्रह पूर्वाग्रहले रङ्गिएको इतिहासका विपक्षमा तथ्यपरक इतिहासले चुनौती दिइरहेको हुन्छ त्यसरी नै जित्नेका कथाहरूमा च्यापिएका, तथ्यहरूले वा अन्य सत्यहरूले चियाउँदा नयाँ नयाँ चुनौतीहरू अगाडि आउँछन् । अस्वत्थामा लेख्न त्यसरी नै परम्परित दिमागलाई पखाल्न आवश्यक छ । पखालिएको दिमागमा नयाँ सत्यलाई उमार्न, मलजल गर्न र पैmलिन दिएपछि मात्र त्यहाँ अस्वत्थामाहरू, कर्णहरू र दुर्योधनसमेतका कुराहरू बाहिर आउन सक्छन् । उपन्यासकारले महाभारतलाई अस्वत्थामाको मन, बुद्धि र हृदयले लेखेका छन् । जसरी अस्वत्थामालाई देख्न लेखकलाई धौ प¥यो त्यसरी नै अस्वत्थामाका पाठकहरूले पनि पुरानो महाभारतलाई पखालेर, माझेर, खिया फालेर मात्र अस्वत्थामा पढ्नु पर्छ अन्यथा यो महाभारत कहीँ न कहीँ विझाउन पनि सक्छ ।

जब महाभारतको आख्यान माथिको महाविश्वासको भ्रम हट्छ तब मात्र महाभारत माथिका नयाँ सम्भावनाका ढोका खुल्छन् । त्यसैले पहिलो सर्त महाविश्वासको मृत्यु हुनुपर्छ । जबसम्म कृष्ण, अर्जुन, युधिष्ठिर, भीष्म, धृतराष्ट्र, दुर्योधन, कर्ण, शकुनी, द्रोण र अस्वत्थामाहरू समान स्थान र दर्जामा बस्न आइपुग्दैनन् सबैको दृष्टिमा तबसम्म महाभारतको कथामा समदृष्टि जन्मिन सक्दैन । कृष्णको देवत्वकरण, युधिष्ठिरको कथित सत्यवादीता, अर्जुनको सर्वश्रेष्ठ धनुर्धरता, द्रोणको गुरुता आदि उसरी नै स्थापित रहेसम्म महाभारत एकपक्षीय नै रहन्छ र त्यो शक्तिको पक्ष नै रहन्छ । समदृष्टि, समभाव, समव्यवहार र समन्वयको चेतना नआउन्जेल महाभारतमा यसरी नै भिन्न दृष्टिहरू जन्मिंदै रहन्छन् । सबैका पक्षमा महाभारत हुन सबैको महाभारत हुन आवश्यक छ । जसको खाँचोको संकेत बेलाबेलामा लेखिने नयाँ महाभारतहरूले गर्दै आएका छन् । अस्वत्थामा पनि त्यही बागी विचारमध्येको एक हो ।


दुर्योधनलाई खराब सिद्ध गर्न, कर्णलाई अपमान गर्न र अस्वत्थामालाई कुज्याएको मन पराउने हाम्रो चेतनामा परिवर्तन आउनै पर्छ । अर्जुनहरू जुन परिस्थितिमा पनि सर्वश्रेष्ठ धनुर्धर बनिरहन एकलव्य, कर्ण र अस्वत्थामाले बलिदान दिनै पर्ने कठोरतामा रमाउने हाम्रो चेतना रहँदासम्म न दुर्योधन, न कर्ण वा न अस्वत्थामा कसैप्रति पनि न्याय सम्भव छैन । यदि सत्य लेख्ने हो भने सबैको सत्य लेखिनु पर्छ अन्यथा अर्को सत्यको स्थापनाको पर्खाइमा रहनै पर्छ ।

दुर्योधनलाई खराब सिद्ध गर्न, कर्णलाई अपमान गर्न र अस्वत्थामालाई कुज्याएको मन पराउने हाम्रो चेतनामा परिवर्तन आउनै पर्छ । अर्जुनहरू जुन परिस्थितिमा पनि सर्वश्रेष्ठ धनुर्धर बनिरहन एकलव्य, कर्ण र अस्वत्थामाले बलिदान दिनै पर्ने कठोरतामा रमाउने हाम्रो चेतना रहँदासम्म न दुर्योधन, न कर्ण वा न अस्वत्थामा कसैप्रति पनि न्याय सम्भव छैन । यदि सत्य लेख्ने हो भने सबैको सत्य लेखिनु पर्छ अन्यथा अर्को सत्यको स्थापनाको पर्खाइमा रहनै पर्छ ।

कुमारको अस्वत्थामा केही मौलिक विचारको स्थापनाको उद्देश्यले लेखिएको छ । महाभारत पढिसकेपछि त्यसले उब्जाएका केही गम्भीर प्रश्नहरूले घच्घच्याएर अस्वत्थामाको जन्म भएको छ । अनगिन्ती प्रश्नहरू उठ्छन् महाभारत पढ्दा । हत्या, हिंसा, छल, प्रपञ्च, अन्याय, व्यभिचार, पक्षपात, पूर्वाग्रह, विस्मात्, वितृष्णा, विडम्बना, वेथिति, स्वार्थलोलुपता, सत्ता अहंकार, प्रतिशोध आदि धेरै असत्य र अन्यायको शृङ्खला नै छ महाभारतमा । भन्न त सत्य र न्यायको निम्ति असत्य र अन्यायको विपक्षको अभियान भनिएको छ । तर केवल आफ्नो स्वार्थ सिद्ध गर्नकै निम्ति यस्ता आदर्श वचनहरू प्रयोग गरिएको अनुभव हुन्छ । कसैको निम्ति न्याय गर्नलाई अरू कसैमाथि घोर अन्याय गरिनुलाई पनि न्याय भनिएको छ । सत्यको एउटा पक्षका पछाडि अनेकौं असत्यका खातहरू ठडिएका छन् । सत्यको पर्दामा अनगिन्ती असत्यहरूलाई ढाकेर राखिएको छ कतै भने कतै आफ्नो पक्षको हितको निम्ति सत्य र असत्यको प्रयोग भएको छ ।

अर्जुनलाई श्रेष्ठ धनुर्धर स्थापित गर्न गुरु द्रोणले एकलव्यको बुढी औंलो माग्नु अस्वत्थामालाई कुनै पनि प्रतिस्पर्धामा सामेल हुनबाट वञ्चित गराउनु, कर्णलाई सुतपुत्रको अभियोगमा शिक्षा दिन निषेध गर्नु र त्यतिले पनि नपुगेर राजसभामा र द्रौपदी स्वयम्बरमा सामेल हुन नदिएर अधिकार वञ्चित गराउनुलाई पनि महाभारतमा सत्यको पक्षमा भएको न्यायोचित कर्म मानिएको छ । कुन्तीले नपुंसक पतिलाई साक्षी राखेर परपुरुषबाट सन्तानहरू जन्माइरहनु र कर्णलाई नाजायज सन्तान मानी अपमान गरिनुलाई पनि महाभारतले नैतिक र न्यायोचित कर्म मानेको छ । जुवाको लतमा पत्नीसमेतलाई जुवाको खालमा थापेर जुवा हार्ने युधिष्ठिरलाई सत्यवादी राजा र त्यसको पनि दोष दुर्योधनकै थाप्लोमा थोपर्ने कर्मलाई पनि महाभारतले न्यायोचित ठानेको छ । सत्य र न्यायका यस्ता हजारौं दृष्टान्तहरू छन् जसलाई परम्परित महाभारतले स्थापना गर्न पाठकबाट अनुमोदन गराउन चाहेको छ ।

निश्चय पनि माथि भनिएजस्तै सबै गतिविधि महाभारतका पाण्डवको पक्षका वा सत्ताको पक्षका प्रति नराम्रो दृष्टि पनि होइन न त दुर्योधनको अहंकारले निम्त्याएका अनेकौं अन्यायपूर्ण कर्मकै समर्थन हो । मात्र के हो भने एउटालाई न्याय गर्दा वा गर्न खोज्दा त्यसको आडमा हुने गरेका कैयौं अन्यायहरूलाई पनि न्यायपूर्ण ठह¥याउने सत्ता दृष्टिले अन्याय बेहोर्न बाध्य पारिएका पात्रहरूका पक्षमा हिजो महाभारत बोल्न नचाहेकाले तिनको पक्षमा समय समयमा मानवीय बोलीहरू बाहिर आउने क्रमको एउटा दृष्टान्त अस्वत्थामा पनि हो । अन्याय जसरी दुर्योधन, दुस्साशन, शकुनी वा धृतराष्ट्रबाट भएको छ त्यसरी नै कृष्ण, भीम, द्रोण, युधिष्ठिर, अर्जुन, कुन्ती, द्रौपदीहरूबाट पनि भएकै छन् भने सधैँ महाभारतले पाण्डवहरूप्रति सहानुभूति राखिरहनु पर्ने अवस्था रहन्न । तिनको विमतिस्वरूप नयाँ महाभारतहरू जन्मिंदै गएका छन् । अभैm अप्रिय भाषामा भन्ने हो भने देवताको आड लागेर आफ्नै बन्धुबान्धवको नाश गर्ने पाण्डवजस्ता बन्धुहरू, मानिसको जन्म लिएर मानिसबाट मानवीयताका विरुद्ध हिंसालाई प्रश्रय दिने कृष्णहरू, कृष्णको आडमा अनगिन्ती अन्याय गरेर पनि न्यायिक ठहरिइरहने विद्वत् सभा, भीष्म, विदुरलगायतका श्रेष्ठजनका कथित न्यायपूर्ण कर्मका विपक्षमा मानवताका स्वरहरू उठ्न सम्भव छ र स्वाभाविक पनि छ । अनगिन्ती अस्वत्थामाहरूलाई सत्ताको थिचोमिचोमा पारेर तिनैमाथि उभिएर विजयी घोषित हुने परम्परा र प्रवृत्तिका विरुद्धमा उठ्ने कठोर तर न्यायको माग गर्न बोलिएका आवाजहरू मध्येको एकथरी आवाज अस्वत्थामा पनि हो भन्न सकिन्छ ।

आफ्नै पुत्रमाथि पनि न्याय गर्न नसक्ने, त्यति मात्र होइन आफ्नो प्रतिशोधको स्वार्थ र हस्तिनापुर राज्य अनि क्षत्रीय शासन सत्ताको हितको निम्ति आफ्नै छोराको प्रतिभा र सामथ्र्यलाई गुरुदक्षिणामा मागेर सामथ्र्यवान् छोराहरू कुनै पनि प्रतिष्पर्धामा सामेल नहुन र अर्जुनको प्रतिष्पर्धी बन्न नपाउने वचनमा बाँधेर निरीह जीवन बाँच्न वाध्य पार्ने, अनि पेटको भोक र अहंको भोक मेटाउन सत्ताको नुन खाने तर प्रतिपक्ष विचारको समर्थन गरेर आफ्नो स्वार्थ सिद्ध गर्न तम्सिने गुरु द्रोणाचार्यहरूको द्रोण न्याय पनि महाभारतमा त्यति सुकिलो बन्न सकेको छैन । एकातिर आफ्नै शिष्यहरूमध्ये पनि पक्षपाती दृष्टि राख्ने र आफ्नो प्रतिशोधलाई केन्द्रमा राखेर दीक्षा दिने द्रोणाचार्यको गुरुतामाथि पटक पटक प्रश्न उठेका छन् तापनि द्रोणको अहंकारको विजयको निम्ति अन्यायपूर्ण ढंगले कसैप्रति न्याय गरेको देखाइएको छ । तर त्यो विजय धेरै ठाउँ निर्लज्ज बनेर उभिएको दृश्य त्यति सुन्दर लागेकै छैन ।

यो उपन्यास अस्वत्थामाको आँखाले हेरिएका महाभारतका दृश्य र घटनाहरू एवं मन र हृदयले अनुभूत गरेका भावावेग र संवेगहरू भएकाले यो अलि बेग्लै दृष्टि र धारणा निर्माण गर्ने खालको बनेको छ । अनौठो सम्मोहन सिर्जना गर्दछ यसको कथाले र लाग्छ महाभारतमा धेरै प्रति अन्याय भएको रहेछ कथित न्यायको जितको निम्ति । यो कथाको केन्द्रमा अस्वत्थामा उभिएका छन्, त्यसैले यहाँ अर्को केन्द्र खडा भएको छ । अस्वत्थामाका मान्छेले लेखेको हुनाले कृष्ण, अर्जुन, भीष्म र द्रौपदीहरू यहाँ अस्वत्थामाको निम्ति तयार गरिएका छन् । उपन्यासकारको सुन्दर कल्पनाशक्तिले उपन्यासको नयाँ संसार निर्माण भएको छ । महाभारतको मूल कथामा किनारामा उभिएका, त्यति धेरै मेहनतले निर्माण नगरिएका, निर्माण गरिएको चरित्रमा पनि अभियोगको दाग लागेर थिल्थिलिएका तर मनमा अथाह पीडा र व्यथा बोकेर छट्पटिएर अभिशापमय जीवन बाँचिरहेका, विश्वप्रसिद्ध बिम्बका रूपमा चिनिएका द्रोणाचार्यका छोरा भएर पनि उपेक्षित भएर बाँच्नु पर्दाको पीडामा रहेका अस्वत्थामाले एउटा सिंगो महाभारत बोकेर आर्यावर्तमा घुमिरहेको अवस्थामा झापाको अर्जुनधारामा उपन्यासकारले भेटेको अनौठो कल्पना गरिएको अस्वत्थामाको कथानक रोचक बनेको छ ।

उपन्यासकार सर्वथा नयाँ विचारमा उभिएका छन् । यो नयाँ विचार महाभारत जित्नेहरूका पक्षमा लेखिएको कथा हो भन्ने रहेकाले र जित्नेहरूले स्थापना गरेका परम्परामा अनगिन्ती हार्नेहरूका कथा छन् , ती हार्नेका कथाहरू पनि त्यत्तिकै महत्वपूर्ण छन् जति जित्नेका कथा छन् । सधैँ जित्नेहरूकै कथाको निरन्तरता रह्यो भने र सधैँ सबैले जित्नेहरूकै कथा लेखिरह्यो भने त्यस्ता अनगिन्ती महŒवपूर्ण कथाहरू जसलाई हार्नेले बोकेर बसेका छन्, ती मेटिएर जानेछन् जसले गर्दा जितको मात्र इतिहास लेखिने एकपक्षीय परम्पराको मात्र वर्चस्व हुन्छ जुन समाजको सर्वाङ्गीण विकासको निम्ति उचित होइन । तसर्थ हारेकाहरूका कथा र तिनको पनि इतिहास न्यायिक ढंगले लेखिनु पर्छ । त्यो प्रक्रिया इतिहासबाटै मिचिएको छ त्यसैले इतिहासबाटै त्यसको थालनी गरिनु पर्छ भन्ने अन्तर चेतनाले प्रेरित भएर उपन्यासकार कुमार भट्टराईले अस्वत्थामा लेख्ने अठोट र आँट गरेको हुन सम्भव छ । यसको निम्ति परम्पराका विपक्षमा उभिन आवश्यक थियो । त्यो विपक्ष दुई अर्थमा बढी महŒवपूर्ण थियो । पहिलो परम्परावादीहरूका गम्भीर प्रहारहरूलाई सहने बलियो सामथ्र्य चाहिन्थ्यो जसको प्रतिकार बुद्धि र चेतनाले नै गर्नुपर्ने थियो र अहिले पनि विद्यमान छ । उपन्यासकारले केही वर्षसम्म त्यसप्रकारको प्रतिकार गरिरहन पर्छ । दोस्रो नयाँ विचार र दृष्टिको स्थापनाको निम्ति आपूmसँग सकारात्मक विचार र त्यसलाई टुङ्गोमा पु¥याएर स्थापना गर्ने धैर्य, साहस र सामथ्र्य । जुन कुराको निम्ति पनि उपन्यासकारले आपूmलाई निरन्तर अद्यावधिक रहेर गरिरहन पर्छ । त्यसो त उपन्यासमा आख्यानलाई र त्यसबाट स्थापित गर्न चाहेको विचारलाई सुन्दर ढंगले सुरक्षित अवतरणको प्रयास गरिएको छ । तापनि पटक पटक उठ्ने प्रश्नहरूको चुनौती उपन्यासकारले सामना गरिरहन तयार हुनुपर्छ । महाभारतमा जे जसरी सत्यलाई राखिएको छ त्योभन्दा फरक सत्यलाई उभ्याउन गरिएको प्रयत्न नै मूलतः यस उपन्यासको चुनौतीपूर्ण उपलब्धि हो । सत्यको अर्को रूप स्थापना गर्न पुरानो सत्यलाई चुनौती दिन सक्नु पर्छ । त्यो चुनौतीलाई तथ्यले पुष्टि गर्नु पर्ने वाध्यता साहित्यमा रहँदैन तर नयाँ सत्यमा भरोसा टिकाउन तथ्यको नजिक नजिक पुगेर भ्रम सिर्जना गराउन सक्नुपर्छ । यो उपन्यासले तथ्यको भ्रम सिर्जना गर्न र नयाँ सत्यको स्थापना गर्न गरेको प्रयत्न ज्यादै प्रभावकारी रहेको अनुभव हुन्छ ।

कृष्णलाई सत्य र न्यायका पक्षपाती, विदुरलाई उच्च कुटनीतिज्ञ, द्रोणलाई सर्वश्रेष्ठ गुरु, अर्जुनलाई श्रेष्ठ शिष्य, भीष्मलाई उच्च प्रतिज्ञ, युधिष्ठिरलाई उच्च सत्यवादी, कुन्तीलाई उच्च अनुशासित नारी, द्रौपदी श्रेष्ठ पत्नी, धृतराष्ट्र उच्च पुत्रमोही, गान्धारी उच्चस्तरको त्यागी नारी, दुर्योधन उच्चस्तरको हठी, अन्यायी, कर्ण उच्चस्तरको मित्र, शकुनी उच्चस्तरको प्रतिशोधी कपटी, भीम उच्चस्तरको बाहुबली, क्रोधी, दुस्साशन उच्चस्तरको अनुशासनहीन अत्याचारी इत्यादि धेरै मान्यताहरू निर्माण गर्न महाभारतका पात्रहरू खडा गरिएका छन् । यी केही ज्यादै थोरै दृष्टान्तहरू हुन् बुझ्नको लागि । त्यस्तै तत्तत् चरित्रको निर्माणको निम्ति घटाइएका घटना, सिर्जित परिवेश र उत्पन्न परिणतिले महाभारतको रचना भएको छ । माथिका दृष्टान्त चरित्रहरूमा धेरै कुरा मिल्दा, स्वाभाविक र अनुकरणीय छन् भने त्यत्तिकै धेरै कुराहरू नमिल्दा अस्वाभाविक र परिवर्तनीय एवं त्याज्य छन् । जे जति ग्राह्य छन् ती सार्वभौम छन् ती प्रति कसैको विमति छैन तर जहाँ संशोधन आवश्यक थियो तापनि तिनलाई सच्याउनुको साटो उल्टो मलजल गरी चोख्याउने परम्परा र त्यसको प्रयत्नमा भएका तमाम जालझेल, षडयन्त्र, अन्याय र अत्याचारले उब्जिएको प्रतिरोधी भावना नै बेलाबखतमा प्रकट हुने भिन्न विचार हुन् ।

सत्ता मनोविज्ञानको केन्द्रमा रचित महाभारतमाथि प्रतिपक्षी मनोविज्ञानबाट हेर्दा उत्पन्न हुने भिन्न विचारको जन्म स्वाभाविक कुरा हो । महाभारतमा पाण्डवीय प्रवृत्तिमाथि धेरैको सहानुभूति जाग्ने आधार उनीहरूको अपेक्षाकृत सज्जन व्यवहारको चित्रण र उनीहरूका प्रतिको अन्यायको कलात्मक चित्रण हो । राजा पाण्डुका पुत्र रहेका पाण्डवहरू युवराज र राजकुमार रहँदा रहँदै पनि केही समयको सत्तालाई दुर्योधन प्रवृत्तिले दुरुपयोग गरेका कारणले पनि बढी महŒव पाएको देखिन्छ । पाउन त न पाण्डवहरूले केही पाए न दुर्योधनहरूले नै केही पाए । सर्वनाशको यात्रामा हिँडेकाहरूले प्राप्त गर्ने कुरा केही थिएन । तर सत्ताका राजकुमार भएर पनि पाण्डवहरू सधैँ अन्यायमा परेको जस्तो देखिनु र सत्ता बाहिरको दुर्योधन सत्ताधारी भएर उभिनुको अनौठो चित्रणले महाभारत पाण्डवहरूको पक्षमा सहानुभूतिशील भएर उभियो । जसको ठूलो क्षति दुर्योधनले बेहोर्नु प¥यो । दुर्योधन प्रवृत्तिले बेहोर्नु प¥यो । त्यही चम्किलो भ्रामक सत्ताले धेरैको चरित्रमा दाग लगायो, धेरैको शक्तिलाई खायो, धेरैको बुद्धि, विवेक र ज्ञानको अपमान गरायो । दुर्योधनको सत्ताको नुन खाएर भीष्म, विदुर, शल्य, द्रोणहरूले पाण्डवको हित चिताए । धेरै पाठकलाई कर्णले दुर्योधनलाई साथ दिएको, अस्वत्थामाले अक्षम्य त्रुटि गरेको मन परेन । तिनै कर्ण, तिनै अस्वत्थामाको कठोर त्याग र भीष्म आदि श्रेष्ठजनको सहयोगले पाण्डव प्रवृत्तिले सहानुभूति प्राप्त ग¥यो । के वास्तवमै महाभारत पढ्दा पाण्डवहरूले जितेको लाग्छ त ? पाण्डवहरूले जितेका नभएर केही कारणहरूले उनीहरू जिताइएका हुन् । उनीहरूलाई जिताउने स्वार्थमा जो जो लाई हराइयो के ती सबै हार्नु पर्ने थिए त ? निश्चय पनि कर्णको पराजयमा धेरैलाई सहानुभूति जाग्छ । अस्वत्थामाकै त्यागमा पनि धेरैलाई चित्त दुख्छ । त्यति मात्र होइन पटक पटक दुर्योधनलाई तिरस्कार र अपमान गरिरहने द्रौपदीको स्वभाव धेरैलाई मन परेकै हुँदैन । तापनि जित पाण्डवको पक्षमा लेखिएको सुन्न धेरैलाई मन पर्दैन । शक्ति र सीमा सबैसँग थिए । पाण्डवहरूका जस्तै धेरै राम्रा कुरा दुर्योधनमा थिए, कर्ण, अस्वत्थामा र धृतराष्ट्रमा थिए । गान्धारीप्रति त अझ धेरै राम्रा कुरा थिए । जति राम्रा कुरा थिए त्यति नै पाण्डवहरूका नराम्रा कुरा थिए । तर संयोग महाभारतले पाण्डवहरूका दुर्गुणहरूलाई पनि चोख्याइ दियो, दुर्योधन दुर्भावना र दुस्कर्मको पर्याय बन्न पुग्यो । दुर्योधनलाई युधिष्ठिर बनाउन किन चाहेन समयले । किन चाहेन कर्णलाई सूर्यपुत्रको दर्जा दिन समयले ? अनि किन अस्वत्थामाको प्रतिभालाई प्रतिबन्ध लगाएर कुण्ठित तुल्याइरह्यो समयले ? किन एउटै समय दुईथरी न्याय लिएर उभियो ? कर्ण र अर्जुनका सामु ? हो यस्तै र यिनै प्रश्नहरू अस्वत्थामाजस्ता उपन्यासहरूले उठाउँदै आएका छन् ।

अस्वत्थामालाई महाभारतीय आख्यानको पूरक आख्यान मान्दा बढी सान्दर्भिक हुन्छ । महाभारतका केही महŒवपूर्ण पात्रहरूको जत्तिकै सामथ्र्य अस्वत्थामामा थियो भन्न सकिन्छ । अस्वत्थामा तिनै सामथ्र्यवान् पात्र हुन् जसको महाभारत अस्वत्थामा उपन्यास हो । उपन्यासमा अस्वत्थामा निर्माण गर्न उपन्यासकारले रचेको संसार स्वाभाविक, प्रभावपूर्ण अनि महाभारतको आख्यानसँग मेल खाने किसिमको रहेको छ । बाहिरबाट धेरैले हेर्दा देखिएजस्ता मात्र अस्वत्थामा थिएनन् । अस्वत्थामालाई पाण्डवका पाँच किशोर पुत्रहरूलाई छलपूर्वक मारेको अभियोग लागेको थियो जुन घाउ बोकेर अस्वत्थामालाई युगौंयुगसम्म बाँचिरहने अभिशाप परेको थियो । हामीलाई चिरन्जीवी हुने रहर होला तर चिरन्जीवी अस्वत्थामालाई त्यो अभिशापपूर्ण जीवन बोझ लागेर पनि बाँचिरहन वाध्य छन् र बाँच्नु परेकोमा दुःखी छन् । अस्वत्थामाले आपूm र आपूmजस्तै चिरन्जीवी वरदान पाएका कृपाचार्यको मनस्थितिको चित्रण गर्दै उपन्यासमा भनेका दार्शनिक वाक्यले जीवन र जगत्को वास्तविकतालाई छर्लङ्ग पार्छ । ‘युद्धले ल्याएको अन्तिम परिणामले महाभारतको युद्ध लड्ने सबै विक्षिप्त बनेका थियौं–जित्नेहरू पनि र हार्ने पनि । … हामीले आ–आफ्ना शस्त्रास्त्र त्याग्यौं’ (पृ. ११) अर्थात् संसार जित्ने अभिलाषामा युद्धमा होमिएका कौरव पाण्डवहरू युद्ध सकिएपछि विक्षिप्त र निराश थिए । उनीहरूले प्राप्त गर्ने कुनै चिज नै थिएन । जीवनका जीजीविषाका र विजीगिषाका अहंहरू सबै समाप्त भएर प्राप्त भएको विजयको कुनै अर्थ थिएन । त्यसरी नै यो संसारका सबै रीत र प्रक्रियाहरू हुन् । तसर्थ जीवनमा के कुराको निम्ति अहंकार गर्ने ? भन्ने गम्भीर प्रश्न सबैका सामु उभिने तीतो सत्य हो । “बाबु हो, तपाईहरूले पढेको महाभारत जित्नेको पक्षमा लेखिएको छ । त्यहाँ भएका कुराहरू एकपक्षीय छन् । कौरवका कति कुराहरू दबाएर आशय परिवर्तन गरी पाण्डव पक्षलाई सही देखाउने उद्देश्यले प्रस्तुत गरिएको छ” (पृ. १२) भनी अस्वत्थामाले आपूmले देखेको महाभारत पढेको कुरा गरेको र महाभारतका लेखक व्यासजी स्वयंले “त्यसबेला त्यस्तै लेखियो पछि संशोधन गर्नु परे मिलाउने छु” (पृ. १२) भनेको कुरालाई उपन्यासकारले आफ्नो उपन्यास लेखनको आधार मानेका छन् । काल्पनिक भइकन पनि सत्यजस्तै बनाएर उपन्यासकारले संवाद योजना तयार गरेका छन् ।

महाभारतमा कुटनीतिक खेल जसलाई सोझो भाषामा जालझेल नै भन्न सकिन्छ, त्यो बढी भएको थियो र महाभारतको सार्थकता युद्धको वातावरण निर्माण अनि वंशनाशमा पुगेर चरितार्थ भयो । युद्धको योजना वर्षौं मात्र होइन सयौं वर्ष लगाएर बुनियो अनि सर्वनाशको यज्ञमा सबैलाई होमेर महाभारत सम्पन्न भयो । अर्थात् कति घातक थियो त्यो योजना अनि कति निरर्थक भयो त्यसको परिणाम ! सबै मरेर सम्पन्न भएको महाभारत नामको यज्ञ के कुनै एक दुईजना सिद्ध पुरुष, दूरदर्शी अभियन्ता वा प्रतिशोधी, पूर्वाग्रही चरित्रको परिणाम हो त ? वा यो सबैको पछाडि मानिसको नियतिको नै दोष थियो त ? भन्ने प्रश्न जन्माएर महाभारतको समाप्ति भयो । झट्ट हेर्दा बुझिए जस्तै वा कुमारहरूले संकेत गरे जस्तै श्रीकृष्णको कुन्तीप्रतिको अपमानको प्रतिशोध वा शकुनीको बैनी गान्धारीप्रतिको अपमानको बदला वा द्रौपदीको दुर्योधन÷दुस्साशनप्रतिको बदलाको भावना आदि जे जति अनुमान गर्न सकिएका छन् तिनै कारणले यत्रो युद्धको रचना भयो ? अथवा यो सत्ता परम्पराको निरन्तरताले जन्माएको अनिवार्य परिस्थिति थियो वा नियमित आकस्मिकताको सांयोगिक नियति वा प्रारब्ध कर्म के कारणले यति विघ्न कुरूप इतिहास रचेर महाभारत टुङ्गियो त ? भन्ने प्रश्नको उत्तर फेरि पनि प्राप्त हुन सकेको छैन । तर युद्ध कसैको निम्ति पनि प्रिय र आवश्यक थिएन । युद्धले न्याय गर्दैन, युद्धले सर्वनाश गर्छ । त्यसैले युद्धलाई घृणा गर भन्ने कठोर सन्देश महाभारतले दिएको छ । तर अफसोच ! महाभारत पछि पनि युद्ध रोकिएन र रोकिएको छैन । उल्टै महाभारतलाई युद्धको आदर्श बनाएर युद्धको बाटोबाट न्याय खोज्ने असफल प्रयत्न अहिलेसम्म पनि भइरहेकै छ । युद्धको विपक्षमा सन्देश दिँदा दिँदै पनि किन रोचक र आकर्षक बन्दैछ महाभारत अनि किन आदर्श बन्दैछ षड्यन्त्रपूर्ण परम्परा ? भन्ने प्रश्नले मानिसलाई प्रारब्ध वा नियतितर्पm धकेल्छ । जसरी युद्ध समाधान होइन भन्ने जान्दा जान्दै र सबैले युद्धभन्दा टाढा रहेर समस्याको समाधान खोज्दा खोज्दै कसरी भयो त महाभारत युद्ध ? कृष्ण, भीष्म, विदुर, धृतराष्ट्र, युधिष्ठिर कोही पनि प्रत्यक्ष युद्धको पक्षमा थिएनन् । सबैले युद्ध बाहेकको समाधान खोज्दै थिए तर कताकताबाट युद्धको अभ्यास भयो । कसैले नचाहेरै युद्ध भयो । यदि यसो हो भने युद्ध नियति थियो । अन्यथा युद्ध आव्हान गर्ने अपराधी पहिचान हुनु पथ्र्यो र त्यसमाथि कारवाही हुनुपथ्र्यो । महाभारतमा त्यो महान् काम पनि हुन सकेन । बरु उल्टो धेरै कुरा चित्त नबुझ्ने गरी न्याय र सत्यको परिभाषा गरियो । कतै अन्यायलाई न्याय भनियो कति न्यायलाई अन्याय भनियो । सबैले चर पाउने गरी पक्षपात गरियो, षड्यन्त्र र जालझेल गरियो । सत्ता र शासकहरूका स्वार्थमा निर्दोष जनतालाई विभाजन गरियो । कसैलाई पाण्डव बनाइयो, कसैलाई कौरव बनाइयो । सुन्दर अनुहारलाई कुरूप वर्णन गरियो कुरूप अनुहारको सुन्दर वर्णन गरियो । नचाहँदा नचाहँदै कोही भीष्म बने, कोही द्रोण बने, कोही विदुर बने, कोही कर्ण र अस्वत्थामा बने । माथि भनिएका व्यक्तिहरूले कसैले पनि चरित्रअनुसारको व्यवहार र कर्म गरेनन् । सबै द्वैध चरित्र बाँचे, नचाहेका कर्म गरेभने कतिपयलाई त्यस्तो कर्म गर्न बाध्य तुल्याइयो । यस्तो महाभारतले कस्तो सन्देश दिने ? भन्ने अहं प्रश्न अहिले पनि र जहिले पनि ज्वलन्त बनेर उपस्थित छ । अनि यस्तै प्रश्नको उत्तर खोज्ने प्रयत्नमा विकल्प चेतना जागेको छ । त्यसैको पछिल्लो परिणाम अस्वत्थामा उपन्यास हो ।

यो उपन्यास युद्धको विपक्षमा र न्यायको पक्षमा उभिन लेखिएको हो । आपूmसँग अपार सामथ्र्य हुँदाहुँदै पनि सत्ताको कुचक्रमा परेर सामथ्र्यहीन भई बाँच्नु परेका अस्वत्थामाप्रति न्याय गर्न र न्यायको बाटोतर्पm संकेत गर्न यो उपन्यास गतिशील छ । अस्वत्थामाले आपूmले देखेको महाभारतमा युद्ध सर्वथा निरर्थक देखेका छन् । यसका आयोजकहरू यी यी हुन सक्ने भनेर संकेत गरेका छन् र भनिँदै आएको भन्दा केही पृथक् दृष्टि आफ्नो रहेको बताएका छन् । विशेषतः दुधले धोइएका पाण्डवहरू पनि त्यति उज्जर थिएनन् जति वर्णित छन् । त्यस्तै जति कुरूप दुर्योधन, कर्ण र मलाई चित्रण गरिएको छ त्यति हामी पनि छैनौं । दुर्योधन भातृप्रेमी, सच्चा मित्र एवं उदार सोच भएका राजकुमार हुन् । केही मानवीय दोषहरू, केही सत्ता स्वार्थ, केही मामाको परामर्श र यी सबैभन्दा बढी पाण्डवहरूकै व्यवहारका कारणले दुर्योधन, दुर्योधन बनेका हुन् । कर्णलाई सत्ता र विशेषतः अर्जुनको श्रेष्ठ धनुर्धरताले तिरस्कार गर्नाले मात्र कर्ण बनेका हुन् । तैपनि उनको वीरता र दानवीरताको दाँजोमा कोही जान सक्दैन । म सत्ताले ओझेल पारेका कारण र दुर्योधनको मित्रताका कारण आलोचित बन्न पुगेँ । मेरो सामथ्र्यलाई प्रयोग गर्न नपाउने अन्यायपूर्ण प्रतिज्ञाले म पाण्डव विरोधी भएँ । घुमाइ फिराइ मलाई प्रतिपक्ष बनाइयो । हस्तिनापुरले धेरैजनालाई मौलिक रहन दिएन । मनमा एउटा कुरा, मुखमा अर्कै कुरा अनि व्यवहार र कर्म झन् अर्कै किसिमको गरेर बाँच्न वाध्य भएका हस्तिनापुर राज्यका भाइ भारदारहरू, सत्ता साझेदार, मतियार र योजनाकारहरू, नीति निर्माताहरूको अनौठो सम्बन्धमा बाँच्ने आदत बनेका धेरै व्यक्तिहरू झैँ अस्वत्थामा पनि आधा मन दुर्योधन र कर्णप्रति आधा मन पाण्डवप्रति बाँडेरै बसेका व्यक्ति हुन् । सत्ताले उच्च सम्मान दिएर राखेका पिता÷गुरु द्रोणाचार्य पनि एकातिर चूडान्त गरिबीको कठोर अवस्थालाई अनुभूत गर्दै आएका र अर्कोतिर घोर प्रतिशोधको अग्नीलाई मनमा पालेर बदलाको उचित समय पर्खेर बसेका थिए । अघोषित रूपमा अर्जुनमाथि दाउ लगाएर बाजी मार्ने दाउ पर्खिरहेका द्रोणले पनि स्वच्छ गुरुतालाई बचाउन सकेनन् वा चाहेनन् जसले गर्दा उनको गुरु रूप पनि त्यति निखरा देखिएन । हस्तिनापुरका निर्णायक श्रेष्ठ, पुजित व्यक्ति भीष्म पनि मनमा र व्यवहारमा दुईथरि चरित्रमै बाँचेको पाइयो । विदुर दरबारका प्रधानमन्त्री भएर पनि सधैँ पाण्डवहरूका पक्षमा भए । त्यसैगरी निर्णायक व्यक्तिहरूले दोहोरो÷तेहेरो चरित्र निर्वाह गर्ने अनि पाण्डव र कौरवहरू सत्ताको भागवण्डामा लागिरहनाले त्यति ठूलो साम्राज्यको पर्खाल त ढल्यो नै साथसाथै निर्माणमा उपयोग गरिनु पर्ने बुद्धि, विवेक र सामथ्र्य सर्वनाशको निम्ति दुरुपयोग गर्नाले एउटा सभ्यतालाई नै ठूलो क्षति हुन पुग्यो । यो कुराको भलिभाँती जानकारी राख्न सक्ने कृष्ण, भीष्म, विदुर वा द्रोणहरू पनि निश्पक्ष नभइदिनाले नै त्यत्रो नरसंहारको सामना सिंगो सभ्यताले गर्नुप¥यो । यस दृष्टिले हेर्दा महाभारत सर्वथा तिरस्कारयोग्य इतिहास हो भन्नु पर्ने हुन्छ । अस्वत्थामाले अपेक्षाकृत रूपमा महाभारतका घटनालाई स्वाभाविक र व्यावहारिक रूपले बताउने प्रयत्न गरेका छन् । त्यसो गर्नका निम्ति हस्तिनापुरका सबै व्यक्तिका चरित्रमा पुनर्दृष्टि लगाएका छन् । त्यस क्रममा कृष्ण, भीष्म, विदुर, द्रोण, कृप, धृतराष्ट्रजस्ता उच्च तहका व्यक्तिहरूका पनि चारीत्रिक एवं व्यवहारपरक रूपमा दृष्टि पु¥याएका छन् । केही आलोचनात्मक बन्न पुगेका छन् । यसो हेर्दा माथि भनिएका श्रेष्ठगण निश्पक्ष भइदिएका भए या त युद्ध नै हुँदैनथ्यो या त यस्तै मात्र परिणाम आउँदैनथ्यो । यसले गर्दा महाभारत केही खास व्यक्ति र प्रवृत्तिको स्वार्थमा रचना गरियो अनि खास स्वार्थ पूरा गरेर समाप्त गरियो भन्ने तहमा अस्वत्थामा पनि पुगेका छन् । तर धेरैले नबुझेको कुरा के हो भने महाभारत पाण्डवको पक्षमा केही पक्षपाती भयो । हिजो पाण्डवहरूप्रति कौरवहरूले अन्याय गरे र अन्त्यमा कौरवहरूलाई सिद्धयाएर पाण्डवहरू विजयी भए भनी निकालिएको निष्कर्ष पूर्ण रूपले भ्रामक निष्कर्ष हो । त्यो युद्धको चक्रव्यूहमा पाण्डव र कौरवलगायत भारत वर्षका धेरै राज्यहरूलाई फसाएर विनाशको ताण्डव हेर्न प्रतीक्षारत कुनै तत्वले यति ठूलो षड्यन्त्र रचेको थियो जसको शिकार टाँठाबाठा सबै भए । मानव संहारको बीभत्स खेलको तानाबाना बुन्ने तत्व सबैको निम्ति तिरस्कारयोग्य छ भन्ने सन्देश महाभारतको कठोर सन्देश हो ।

महाभारतको केन्द्रमा रहेका व्यक्तिहरू पनि त्यत्तिकै ठगिएका छन्, त्यो युद्धमा । मर्नेहरूले बरु आफ्नो वीरता प्रदर्शन गर्न पाएर धन्य बने तर जो बाँचे तिनको निम्ति महाभारतको युद्ध सबैभन्दा कष्टकर रह्यो । सबैलाई सिद्धयाएर स्थापना भएको अस्तित्व त्यत्तिकै व्यर्थ र मूल्यहीन थियो । यसपछि मानिसको चेतना र बुद्धिको तह समाप्त हुन्छ । किन रचियो त यस्तो घातक खेलको रचना अनि किन खेलियो यति घीनलाग्दो खेल ? कसले के पायो यो युद्धपछि अनि उपलब्धि के रह्यो यसको ? त्यसपछि सबै त्यही अनौठो संयोगको कुरा गर्न बाध्य हुन्छन् । मर्ने वा मार्ने, गर्ने वा गराउने कुनै मानिस वा देउता पनि होइन । त्यो हो नियति वा प्रारब्ध जो सबैले जन्मिंदै लिएर आएको हुन्छ । यसलाई कसैले मेटाउन, सच्याउन वा परिवर्तन गर्नै सक्दैन । उहिल्यै श्रीकृष्णले पनि सकेनन् अहिलेका हामीले पनि सक्दैनौं र भोलिका हाम्रा सन्ततिले पनि सक्ने छैनन् । त्यो खललाई मेटाउन भनेर हाम्रा सन्ततिलाई पनि त्यो नियतिको बोझिलो भारी हस्तान्तरण गरेर हाम्रो समय सकिन्छ अरू धेरैको समय सकिएजस्तै । साँच्चै के यही सन्देश हो त त्यत्रो महाभारतको ? भन्ने यक्ष प्रश्न त्यसपछि झन् बलियो भएर उभिन्छ, बुद्धि र चेतनालाई चुनौती दिँदै हाम्रा सामु र युगका सामु ।

अस्वत्थामामा विशेषतः पुरानै पात्रमा संशोधन विचार राखिएको छ । नयाँ पात्रहरू त्यति निर्माण गरिएका छैनन् तापनि कृपाचार्य, कृपी र अस्वत्थामाका चरित्रमा विशेष दृष्टि लगाइएको छ । कृपीले भोगेको जीवन ज्यादै मार्मिक र करुणाप्रद रहेको छ । कृपीसँग जोडिएका द्रोणाचार्य पनि त्यत्तिकै मायालु छन् । हस्तिनापुरको जीवनमा प्रवेश भएपछिका धेरै पात्रमा जीवनहरू कठपुतली÷यन्त्रचालितजस्ता देखिएका छन् । निश्चय पनि अस्वत्थामा उपन्यासले दुर्योधनप्रति बढी सहानुभूति राखेको छ । दुर्योधनलाई एक किसिमले सज्जन व्यक्तिकै दर्जा दिइएको छ । द्रौपदी र भीमको अपमान अर्जुनको कटाक्षबाट दुर्योधन अलि बढी उत्तेजित भएको देखाइएको छ । जसले पाण्डवहरूतर्पm औंलो ठडिएको छ । मानिसलाई पटक पटकको अपमानले ऊ भित्रको अहंलाई घोच्न थालेपछि कहिलेकाहीँ अन्यथा व्यवहार हुनु त्यति अन्यथा होइन । त्यसो त दुर्योधनका पछाडि शकुनीको प्रतिशोधी षड्यन्त्र प्रबल शक्ति थियो जसले दुर्योधनलाई सज्जन रहिरहन दिएन तापनि जे–जसरी दुर्योधनलाई महाभारतमा चित्रण गरिएको छ त्यस्तो चरित्र दुर्योधनको थिएन भन्ने संशोधन चरित्रको प्रस्ताव अस्वत्थामामा भएको छ । यही अवस्था कर्ण र अस्वत्थामाका विषयमा पनि रहेको छ ।

अस्वत्थामा उपन्यासमा केही नयाँ सत्यहरूको उद्घाटन गरिएको छ जुन कुरा परम्परित महाभारतमा छैन । केही सूच्य रूपमा संकेत भएका कुराहरू यहाँ प्रकट रूपमा भनिएका छन् । केही कुरा उपन्यासकारले आफ्नो औपन्यासिक उद्देश्य पूरा गर्न थपेका छन् । अस्वत्थामा उपन्यासमा पूरक पाठका रूपमा रहेका केही पक्षहरूले यो उपन्यास मौलिक, उद्देश्यमूलक, क्रान्तिकारी र प्रगतिशील बनेको हो । स्थापित केन्द्रको भञ्जन अस्वत्थामा, दुर्योधन र कर्णप्रतिको सकारात्मकता र केही स्थापित पात्रहरूप्रति आलोचनात्मक बन्न परेको परिस्थिति नै यो उपन्यासको क्रान्तिकारी प्रगतिशील चेतना हो । थोरै तर निर्णायक आधारहरू जुन उपन्यासकारले उठाएका छन् तिनले उपन्यासलाई नयाँ उद्देश्यमा अघि बढ्न मद्दत गरेका छन् र तिनैले उपन्यासलाई नयाँ विचारको प्रक्षेपणको निम्ति सम्बल प्रदान गरेका छन् ।

यहाँ हामी जो जो छौं (कृष्ण, बलराम, परशुराम, द्रोण, अस्वत्थामा) केही न केही अपमानको पीडा बोकेर हिँडेकै छौं । त्यस्तै कर्ण, एकलव्यहरूसमेत । हामीहरूलाई राज्यशक्ति र क्षत्रीयहरूले कुनै न कुनै रूपले अपमान गरिरहेकाले तिनका विरुद्ध समानताको युद्ध आवश्यक छ (पृ. १०८) भनी परशुरामले प्रतिशोधी विचार व्यक्त गर्नु, अहिलेको हस्तिनापुर धृतराष्ट्र र विदुरको अन्तरद्वन्द्वमा रूमलिएको मान्नु, र हस्तिनापुरलाई नामेट पार्न शकुनी लागिपरेको विचार व्यक्त हुनु (पृ. १०९), हस्तिनापुर भित्र जति पनि समस्या छन् भीष्मकै कारण उत्पन्न भएका हुन् (पृ. ९७), भीष्मको चाहनाअनुसार नै अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउन मैले थुप्रै जायज, नाजायज कर्म गर्नु प¥यो भनी द्रोणले भन्नु (पृ. ९७), परशुरामले द्रोणलाई तिमी एकाग्रताका साथ भीष्मका उद्देश्यहरू पूर्ति गर्नतर्पm लाग्नू । त्यससँगै तिम्रा उद्देश्यहरू पूरा हुनेछन् भन्नु (पृ. ९७), म विवश थिएँ मलाई अर्जुनलाई श्रेष्ठ धनुर्धर बनाउने योजना छ त्यसरी नै दुर्योधनलाई सर्वश्रेष्ठ गदाधर बनाउँछु (पृ. ५०) भनेर द्रोणले भन्नु जति नै शक्तिशाली भए पनि हामी ब्राह्मणहरूले क्षत्रीय र राजकुमारहरूसँग प्रतिस्पर्धामा उत्रिनु शोभा दिँदैन । तिमी कहिल्यै आपूmलाई सर्वश्रेष्ठ बाउने धुनमा प्रतिस्पर्धामा उत्रिने छैनौ । वाचा गर त्यही तिम्रो मेरो लागि गुरुदक्षिणा हुनेछ (पृ. ६६) भनी गुरु द्रोणले पुत्र अस्वत्थामालाई सचेत गराउनु, तिमी सक्षम भए पनि अर्जुनसँग प्रतिस्पर्धामा सामेल नहुनु (पृ. ९२), हस्तिनापुर प्रवेश गर्ने वित्तिकै भीष्मले मलाई अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउनू भनेर प्रतिज्ञा गराउनुभयो (पृ. ९१–९२), कर्णजति तेज त अर्जुन हुँदै होइनन्, एकलव्य जत्तिको स्वविद्या आर्जनको धनुर्धारी यो संसारमै अर्को हुन सक्दैन (पृ. १०८) इत्यादि केही दृष्टान्तहरू छन् यो उपन्यासमा जसले महाभारतको कथालाई चुनौती दिन उपन्यासकारलाई बल प्रदान गरेका छन् र यिनै र यस्तै धेरै विचार र दृष्टिकोणहरूले उपन्यासकारलाई प्रतिपक्ष विचार स्रस्ताव गर्न सु¥याएका पनि छन् । एउटै सानो घटना र संकेतले कसरी सम्पूर्ण इतिहास नै हल्लिन्छ र अर्कोतिर मोडिन्छ भन्ने बुझाउन र नयाँ दृष्टिको बीजाधान गराउन सक्षम हुन्छ भन्ने दृष्टान्त यो उपन्यासमा प्रस्तुत भएका छन् ।

यसैगरी युद्धको असान्दर्भिकताको विषय, नारी सौन्दर्य, स्वतन्त्रता र हठको विषय, विश्वमानवताको विषय, जातीयताको विषय मूलतः सत्ता राजनीति र सत्ता संघर्षको विषय, महाभारतलाई नेपाली भौगोलिक परिवेशमा निर्माण गरिएको विषय, महाआख्यानको लीलापरक विपठन र विनिर्माणको विषय इत्यादि धेरै पक्षमा बहस गर्न सकिने गरी अस्वत्थामा उपन्यासको आख्यान निर्माण गरिएको छ । विचार र दृष्टिकोणको नयाँ सन्दर्भलाई उपन्यासले उठाएको छ । मूल कथानकले ओझेलमा पारेको विषयलाई केन्द्रमा ल्याएर महाभारतीय आख्यानको पूरक पाठको प्रस्ताव गर्ने वैचारिक चुनौती उपन्यासकारले लिएका छन् । उपन्यासको भाषा र शैली प्रभाव परक रहेको छ । यी धेरै विषयमा नयाँपनको आव्हान गरिएको अस्वत्थामा उपन्यास समकालीन नेपाली आख्यानमा एउटा गहकिलो कृति हो भन्न सकिन्छ । अन्तिम कुरा र सम्पूर्ण कुरा फेरि पनि लेखिएको छैन र लेखिँदैन ।