श्री आधारभूत विद्यालय कञ्चनबारीलाई शैक्षिक सामग्री « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

श्री आधारभूत विद्यालय कञ्चनबारीलाई शैक्षिक सामग्री


यलम्वर टाइम्स
२४ फाल्गुन २०७६, शनिबार ०४:२८

कञ्चनबारी । अर्जुनधारा–५ स्थित श्री आधारभूत विद्यालय कञ्चनबारीलाई काठमाण्डौ निवासी सीमना बजगाईंले शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।

बजगाईंले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विज्ञान प्रयोगशालाका अतिआवश्यक सामग्री, पिन बोर्ड, बाल कक्षाका लागि पिङ, चिप्लेटी, दराज लगायतको सामग्री प्रदान गरेकी हुन् ।

हाल अमेरिकाको डिक्सन कलेजमा अध्ययरत बजगाईंले सामाजिक कार्यमार्फत उक्त सामग्री प्रदान गरेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिप्रसाद चौहान, सदस्य अर्जुन कडेल, गीता तिम्सिना, टीका लुइटेल, वडाध्यक्ष ध्यानबहादुर भारती, विद्यालयका प्रअ टंक न्यौपाने लगायतलाई दाताका तर्फबाट गोविन्द बजगाईंले हस्तान्तरण गरेका थिए ।

दाता सीमना सोही विद्यालयका शिक्षक गोविन्द बजगाईंकी भतिजी समेत हुन् ।