कोरोना संकट कि अवसर ? « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

कोरोना संकट कि अवसर ?


यलम्वर टाइम्स
१० बैशाख २०७७, बुधबार ०८:२४

सुन्दर गुरुङ

[सुन्दर गुरुङ]

विश्व महामारीको रुपमा कोरोना भाईरसले विश्व त्रासित छ । हाम्रो देशमा पनी कोरोना भाइरसको कारणले लकडाउन भएको छ । लामो समय सम्म भएको लकडाउनले देशको आर्थीक रुपमा त परेकै छ । त्यसको प्रभाव जनजिवनमा पनी परेको छ । औषधी नभेटिएको यो भाइरसबाट बच्न सरसफाई र एकान्तमा बस्नु यसको उपाय भएको छ । त्यसैले काम गरेर खाने मजदुर देखी देशका हरेक मनिसमा यसको नराम्रो असर पर्दै गएको छ । कोरोना कोरोना भन्दा भन्दै यसको नराम्रो मनोबैज्ञानिक असर परेको छ । घरमा नै बस्नु पर्ने बाध्यताका कारण मानिसहरुमा कोरोना भन्दा पनी अन्य रोग प्रेस, सुगर लगायत शरिर सक्रिय नहुँदा लाग्ने रोग लाग्न थालेको छ । हरेक व्यक्तिमा मानोबैज्ञानिक सामजिक आर्थीक समस्याहरु देखिन थालेको छ । विश्व संकट घोषणा भएको वेला हाम्रो देशले नि राष्टिय संकट घोषणा गरेको छ । नेपालीहरुको जनजिवनमा असर नपारोस भन्नका लागी जनताहरु देखी नै सहयोग संकलन गरेको छ स्थानीय र संघिय सरकारले । अन्तराष्ट्रिय रुपमा पनी विश्व बैंक र ए.डि.वी लगायत दात्रृ राष्ट्रहरु सँग आपत व्यवश्थापनको लागी सहयोग लिएको छ पहल गरेको छ ।

तर मलाई यहाँ निर जोडन मन लागेको राष्ट्रिय विभुती हुनुहुन्छ शंखधर साख्वा । शंखधर साख्वा एक व्यापारी थिए ।शंखधर साख्वाले सन् ८७९ मा तत्कालिन नेपालमा राष्ट्रिय संकट परेकाले आफु संग भएको सुनहरु राज्यलाई दान दिएर राष्ट्रिय संकटबाट देशलाई मुक्त गराएका थिए । यसरी राज्यलाई संकटको बेला सहयोग गरेकाले सन् ८७९ अक्टोबर २० तत्कालिन शासकले चल्दै आएको सम्बदलाई छाडेर नेपाल संम्बद चलाएका थिए, पछी गोर्खाका शासकहरुले नेपाल एकिकरण गरे पछी सन १७६९ मा पुन विक्रम सम्वदलाई पुर्न स्थापित गरेका थिए ।

यहाँ निर जोड्न खोजेको विषय चाही नेपालमा भएका ठुला व्यापारीहरु, जुन विविध ग्रुपमा छन् उनीहरुको राष्ट्रिय दायित्व के हो ? देश संकटमा परेको वेला । तर राज्यले विविध कोष निर्माण गर्ने मध्यम बर्गिय जनता सँग दान संकलन गरेर जनतालाई सहयोग गरेको नाटक रचिन्छ किन ? दान फर्काउन पर्दैन तर सहयोग फर्काउनु पर्छ । सहयोग सापटी रकम हो । प्रति व्यक्ति ऋणको भार ३९ हजार भन्दा बढी भएको तथ्य सर्वाजानीक हुन्छ फेरी आपतको बेला जनता सँग दान संकलन गरेर जनतालाई सहयोग गरेको नाटक मञ्चन गरिन्छ । शासक हरु हरेक विपतलाई अवशरमा परिणत गरिरहेका छन् । भुकम्प जाँदा पुर्न संरचना बनाउने कोष निर्माण गरियो तर धर्मुस सुन्तलिले गरे राज्यको कोषमा खरबौ रुपिया जम्मा भएको रकमले माखो मारेन । कहीं पनी भत्केका संरचना र विस्तापित भएका जनतालाई स्थापित गरिएन । अब कोरोना शासकहरुको लागी संकट हो कि अवशर हो ? भष्टचार गरेकाहरुलाई, कर ठगी गरेका र भुक्तान नगरेका एनसियल लगायत कम्पनीहरुलाई छुट दिएर भए पनी आपतको बेला किन कर संकलन गरिदैन । मध्यम बर्ग संग दान लिने निम्न बर्गलाई सहयोग गरे झै गर्ने उच्च वा कुलिन बर्गलाई कर छलि वा कर नतिरे नी संरक्षण गर्ने, सहयोग भएका रकमको पारदर्शिता विना पुन: अवशमा रुपान्त्रित गर्ने चलखेलमा सरकार जानु हुँदैन ।

पशुपतीमा शिवरात्रिमा आएका भारतिय दशौ हजार जोगीहरुलाई ओहोदा अनुसार ५ सय देखी १० हजार सम्मको दान दिएर पठाइने गरिन्छ तर देश संकटमा भएका वेला यस्ता देवालयहरुको राष्ट्रिय दायित्व बन्छ कि बन्दैन ?आज देशमा केही उत्पादन हुँदैन नुन देखी सुन र सियो देखी मियो सबै विदेशबाट ल्याउनु पर्दछ । सहयोगको नाममा देशमा भएको अर्थ विदेशिने क्रम जारी छ तर देशमा हुने साना तिना उत्पादन पनी लकडाउन छ । यसले लकडाउन पछी देशमा देखिने आर्थिक देखी हरेक संकटको विषयमा किन सोचिएको छैन ? जनतासंग सहयोग उठाएर जनतालाई नै सहयोग गरेको नाटक गरेर राजनीति बचाउने तर नाका देखी भारतियहरुलाईलाई नेपाल पस्न दिने यसले संकट होइन अवशरको रुपमा कोरोनालाई नेपालमा स्थापित गर्न खोजिएको छ । जसको कारणले भारत हुँदै नेपाल आएकाहरुमा १२ जनालाई कोरोना भेटिएको छ । यस्तो विषम परिश्थितीमा कथित विज्ञहरु प्रधानमन्त्रि जस्तो गरिमामय संस्थालाई डाक्टरको नहुने नहुने भाषण गर्न लगाउने र राजनैतिक बृत चित्रको वरिपरी घुमेर कोरोनालाई अवशरमा रुपन्त्रित गर्ने दाउमा लागेका छन् । संकटको बेला जनप्रतिनिधीहरु पार्टी भन्दा माथी उठ्न सकेका छैनन् । राहातमा पार्टी जाती आसे पासे खोजिरहेका छन् । सहयोग सबैको लिने बाँड्दा साम्प्रदायीक राहत वितरण गर्न ? राहात भनेको दान र सहयोग हैन ।


नेपालीमा भनाई छ आपतको बेला शत्रुलाई सहयोग गर्नु पर्दछ । तर नेपालीहरु जनप्रतिनिधीहरुको शत्रु हैनन् तर व्यवहार शत्रुलाई भन्दा पनी तल्लो स्तरको गर्नु मानवियता मरेको विउँदो लाशहरु हुन् । देश संकटमा परेको बेला नेपालका राजनैतिक दलहरु र बौद्धिकहरुको भुमिका के हो ?

राहात भनको जिवन बचाउनको लागी कठिन भन्दा कठिन समयमा दिइने प्राथमिक उपचार हो । दुर्घटनामा परेका यात्रुहरुलाई चोट अनुसार उपचार दिने हो कि त्यहाँ नी सम्प्रदाय खोज्ने हो । अहिलेका परिश्थिती त्यस्तै प्रकारको हो सबैले बुझ्नु आवश्यक छ । नेपालीमा भनाई छ आपतको बेला शत्रुलाई सहयोग गर्नु पर्दछ । तर नेपालीहरु जनप्रतिनिधीहरुको शत्रु हैनन् तर व्यवहार शत्रुलाई भन्दा पनी तल्लो स्तरको गर्नु मानवियता मरेको विउँदो लाशहरु हुन् । देश संकटमा परेको बेला नेपालका राजनैतिक दलहरु र बौद्धिकहरुको भुमिका के हो ? घरमा बसेर चुलोमा मासु पकाएर खाँदै बस्ने हो कि दुलो भित्र मुसा लुकेर बसे जस्र्तै गरेर बस्ने हो । निकास के हो ? त्यसको बारेका छलफल गरी यो संकटलाई साझा समस्याको रुपमा लिए जती सक्दो छिटो समस्या समधान गर्न लाग्ने हो ।

साझा मुद्दा हुन नसक्नुको एउटै कारण हो संकटलाई अवशरमा रुपान्त्रित गर्न खोज्नु । अवशर भन्ने वित्तिकै त्यहाँ स्वार्थ आउँछ, स्वार्थ आउने वित्तिकै लुकाउन खोजिन्छ । साझेदार धेरै हुने भए भने भाग कम पर्छ त्यसैले सरकार एकलौटी रुपमा अगाडी बढेको देखिन्छ । बौद्धिक भन्ने हरु र अन्य राजनैतिक दलहरु लौ बाढीले बगायो भनेर डाँडा माथी चढेर हेरेर बसे जस्तो देखिन्छ । संकटको बेला विरोध पनी कम हुन्छ । विरोध भयो प्रतिकार भए कर्फु लगाईदिए भयो । त्यसको विरोध न अन्तराष्ट्रिय जगतमा हुन्छ नराष्ट्रिय जगतमा ।

त्यसैले यो संकटबाट बच्नको लागी र छिटो भन्दा छिटो यो समस्या बाट समाधान पाउनको लागी सरकार र सरकारका अंगहरु जिम्मेवार, पारदर्शी र प्रजातान्त्रिक रुपमा प्रस्तुत हुन आवश्यक छ । यो अन्तराष्ट्रिय संकट भएकाले अन्तराष्ट्रिय शक्तिहरु संग राष्ट्रिय स्वार्थलाई शिरोपर गर्दै, राष्ट्रिय शक्तिहरु सँग हातेमालो गर्दै साझा रुपमा सबै प्रस्तुत हुन जरुरी छ । तब मात्र संकटको बेला हुने समस्यहरु कालो बजारी देखी अमानविय र अप्रजातान्त्रिक क्रियाकलप र गतिविधी संग संघर्ष गर्न बल मिल्ने छ । सरकार र सरकारका निकायहरुको नियत नेपाली जनताप्रति सकारात्क जिम्मेवार हुन आवश्यक छ । तब मात्र हामी कोरोना सँग साझा रुपमा लड्दै यसलाई हराउन सफल हुनेछौ ।