अर्जुनधारामा ११ वटा गाडी र १४ मोटरसाईक नियन्त्रण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारामा ११ वटा गाडी र १४ मोटरसाईक नियन्त्रण


यलम्वर टाइम्स
१ जेष्ठ २०७७, बिहीबार ०९:५७

अर्जुनधारा । कोरोना संक्रमण फैलन नदिनका लागि अर्जुनधारा नगरपालिकाले १ गतेबाट लकडाउनलाई कडा पारेपछि ट्रिपर, ट्याक्टर, अटो टेम्फो र मोटरसाईकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

दमकबाट बिहान नदीजन्य सामग्री लिनका लागि अर्जुनधारा आएको ५४४, ५४५, ५४६ र ४५४ को ट्रिपरलाई कप्तनवाडीमा जनताले नियन्त्रमा लिएर प्रहरीलाई बुझाएका छन् ।

यसरी नै सशस्त्र प्रहरी शनिश्चरेले नदीजन्य सामाग्री सहित ३ वटा ट्याक्टर समातेको छ ।

शनिश्चरे प्रहरी चौकीले शनिश्चरे बजारबाट ३ वटा अटो र १४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जनाएको छ ।

नगरपालिकाको निर्णयअनुसार ती गाडीलाई जरिमाना गरेपछि मात्र छाडिने जनाएका छन् ।