कडाईका साथ खट्दै टोल सुरक्षा समिति « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

कडाईका साथ खट्दै टोल सुरक्षा समिति


यलम्वर टाइम्स
३ जेष्ठ २०७७, शनिबार १०:४४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले जेठ ५ गतेसम्म लकडाउनलाई कडाईका साथ पालना गर्न सबैमा आव्हान गरेपछि टोल सुरक्षा समिति सक्रिय भएका छन् ।

कोरोना संक्रमण फैलिदै गर्दा नगरले बाहिरबाट आउनेहरुलाई कडा निगरानी गर्न टोल सुरक्षा समितिमा थप शिक्षक परिचालन गरेपछि टोल सुरक्षा समिति सक्रिय देखिएको हो ।

२ दिन यता स्वास्थ्य शाखाले जिल्ला भित्रै आवतजावत गर्नेलाई सम्झाउँदै होम क्वारेन्टाईनमा राख्दै आएको छ ।

होम क्वारेन्टाईनको विषयलाई लिएर केही ठाँउमा झगडा समेत भएको स्वास्थ्य शाखाले जनाएको छ ।

अर्जुनधाराको वडा नम्वर ११ मा पनि सुरक्षा समिति सक्रिय रहेको स्थानीय पत्रकार रन्जित परियारले जनाए ।

यसरी नै शनिश्चरे बजार प्रवेशमा पनि टोल समितिले कडाई गरेको छ । बिर्तामोड नगरपालिकासँग जोडिएको अर्जुनधारा वडा नं. ५ ले पनि सुरक्षाको विषयलाई लिएर युवा दस्ता तयार पारी निगरानी बढाइरहेको छ ।