तमोर नदीमा डुबेर १ को मृत्यु « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

तमोर नदीमा डुबेर १ को मृत्यु


यलम्वर टाइम्स
३ जेष्ठ २०७७, शनिबार १०:५२

ताप्लेजुङ । फुङ्लिङ–३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे
घरबाट बाख्रा चराउन गएको बेला तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको हो ।

स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा घटनाबारे जानकारी गराएका थिए ।

उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटना सम्बन्धमा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।