अर्जुनधारा वडा नम्वर २ काे भवन बन्ने « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारा वडा नम्वर २ काे भवन बन्ने


यलम्वर टाइम्स
७ जेष्ठ २०७७, बुधबार १२:२४

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर २ को वडा भवन बन्ने भएको छ ।

बुधबार नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमकाबिच वडा कार्यालयको भवनको शिलन्यास गरेका हुन् ।

साबिक खुदुनाबारीमा रहेको वडा कार्यालयको आफ्नै भवन बनाउन लागिएको वडाध्यक्ष रघु खनालले जानकारी दिए ।

९४ लाखको लागतमा हाललाई दुई तलाको ८ कोठाको भवन निमार्ण गरिने भवन निमार्ण समितिका अध्यक्ष चित्रा फागुले बताइन् ।

स्थानीय दाताहरु पदमबहादुर कन्दङ्वा, रोम पुलामी, पदम पुलामी नैनासिंह मगरले प्रदान गरेको ६ कठ्ठा जग्गामा भवन निमार्ण गर्न लागिएको हो ।

बहुवर्षे योजना अन्तर्गत निमार्णको काम अगाडि बढेको वडाध्यक्ष खनालले जानकारी दिए ।