लालु वन वाटिकामा वृक्षरोपण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

लालु वन वाटिकामा वृक्षरोपण


यलम्वर टाइम्स
१३ जेष्ठ २०७७, मंगलवार १२:२९

अर्जुनधारा । अर्जुनधारा–७ स्थित बिरिङ्ग नदी छेउ लालु वन वाटिकामा वृक्षरोपण कार्यक्रम सम्मपन्न भएको छ ।

वडाअध्यक्ष नवराम ढुङ्गाना (नवीन)ले सोमबार उक्त लालु वन वाटिका क्षेत्रमा अम्बाको बिरुवा रोप्दै हरित वडा निर्माणमा यस्ता वन वाटिकाले ठूलो टेवा दिने बताए ।

करिब ७ कठ्ठा जमिनमा वृक्षरोपन गरिएको थियो । वन वाटिकामा अम्बा, लटहर, कटहर, अमला, टिक, टोटला, सिसौं, हर्राे बर्राे जातका बिरुवा रोपिएको थियो ।

लालु पत्रकार दिपीन राईका कान्छा भाई हुन् । उनको २०६८ साल कार्तिक २१ गते मोटरसाईकल दुर्घटना परि निधन भएको थियो ।