अर्जुनधाराको क्वारेन्टाईममा नाच्दै रमाउदै « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधाराको क्वारेन्टाईममा नाच्दै रमाउदै


यलम्वर टाइम्स
१५ जेष्ठ २०७७, बिहीबार १०:१३

अर्जुनधारा । विभिन्न क्षेत्रबाट आई अर्जुनधाराको क्वारेन्टाइनमा बसेकाहरुलाई नगरका स्वास्थ्य शाखाले मनोबल उच्च राख्न रचनात्मक कार्य गराउन थालेको छ ।

बिहानको समयमा क्वारेनटाईममा रहेका करिब ३६ जना युवायुवतीहरुलाई योगा गुरु डाक्टर रमेशानन्दले मनोबल उच्च पार्ने विधिबारे दैनिक योग प्रशिक्षण दिँदै आएका छन् ।

शनिश्चरे माविमा ५० वेडको क्वारेन्टाइन बनाईएको छ, त्यहाँ बस्नेहरुका लागि खाना, नास्ताको पनि व्यवस्था मिलाईएको नगरका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले बताए ।

बस्नेतका अनुसार १४ दिनपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट नकारात्मक आएपछि अभिवाभकको उपस्थितिमा घर पठाईने जनाए ।