श्रीमतीको सम्झनामा राहत « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

श्रीमतीको सम्झनामा राहत


यलम्वर टाइम्स
१५ जेष्ठ २०७७, बिहीबार ११:०२

अर्जुनधारा । मुलुकमा लकडाउन घोषणा भएको दुई महिना बितिसकेको छ । यस्तो अवस्थामा कोही पनि नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले संघीय सरकारदेखि स्थानीय सरकारले विभिन्न चरणमा राहतका कार्यक्रमहरु अघि सारेका छन् ।

स्थानीय सरकारले ल्याएको राहत कार्यक्रममा विभिन्न संघसंस्थादेखि विभिन्न व्यक्तित्वहरु पनि जोडिदै आएका छन् । संघसंस्था तथा विभिन्न व्यक्तित्वहरुले स्थानीय सरकारसँग समन्वय गर्दै विपन्न परिवारमा राहत वितरण गर्दै आएका छन् ।

यसरी नै अर्जुनधारा–५ का प्रेम बस्नेतले आफ्नो स्व. श्रीमती पुष्षा बस्नेतको सम्झनामा सोही वडा अन्तर्गतको टोल नं. ३ र ४ का ४० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका थिए ।

बस्नेतले प्रदान गरेको १० केजी चामल, २ केजी आलु, १ केजी नुन र १ लिटर तेल वडाध्यक्ष ध्यानबहादुर भारतीको हातबाट वितरण गरिएको स्थानीय सन्तोष कार्कीले बताए ।