१२ परिवारलाई निःशुल्क आवास बनाउँदै अर्जुनधारा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

१२ परिवारलाई निःशुल्क आवास बनाउँदै अर्जुनधारा


यलम्वर टाइम्स
१७ जेष्ठ २०७७, शनिबार ०९:३३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आवास नहुने आफ्ना नागरिकहरुका लागि अर्जुनधारा–३ स्थित टाङटिङ किनारमा १२ घर परिवार रहन सक्ने गरी आवास धमाधम निर्माण गर्दै आएको छ ।

तराई मधेस समृद्धि अभियान अन्तर्गत उक्त ठाँउमा आवास धमाधम बन्दै गएको नगर प्रमुख हरिकुमार रानाले बताए । करिव ३ बिघा जमिनमा आवास बन्दै छ ।

प्राकृतिक दृष्टीकोणले शान्त उक्त ठाँउमा ७० लाख बराबरको आवास बन्दै आएको हो ।

आवासमा कुन–कुन परिवार राखिन्छ यकिन हुन बाँकीनै छ तर वडा नम्वर ६ स्थित कप्तनबाडीको बाल अपंगाहरुलाई उक्त ठाँउमा राखिने नगर प्रमुख रानाले जनाकारी दिए ।