हत्या आरोपमा २ जना पक्राउ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

हत्या आरोपमा २ जना पक्राउ


यलम्वर टाइम्स
१७ जेष्ठ २०७७, शनिबार ०९:५७

सुनसरी । सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ बर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान ०६ बजे ईक्राही जमुनाकित्ता स्थित प्लटिङमा कमल राई मृत अवस्थामा फेला परेका थिए ।

शरीर तथा टाँउकोमा चोट सहित शंकास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

हत्या भएको पुष्ठी भएसँगै अनुसन्धान थालेको प्रहरीले राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बू र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामी रहेका छन् ।

पक्राउ परेका यी दुबै जनाले पुरानो रिसिबीका कारण कमललाई प्लटिङ जग्गामा लगि लाठ्ठीले टाँउको तथा संवेदनशिल अंगमा कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।