प्रदेश १ मा ७८ जनाले कोरोनालाई जीते « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

प्रदेश १ मा ७८ जनाले कोरोनालाई जीते


यलम्वर टाइम्स
२३ जेष्ठ २०७७, शुक्रबार ०४:००

विराटनगर । प्रदेश नं. १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड—१९) लाई पराजित गरेर घर फर्किएका छन् ।

विहीबार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जीतेर घर फर्किएका हुन् ।

यसैबीच प्रदेश १ मा विहीबार नै थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ ।

यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् ।

प्रदेश १ मा १० हजार ५७ जनाको पीसीआर परीक्षण भइसकेको छ भने आरडीटीबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।