स्वस्तिका शिशु सदनद्वारा मृगौला पीडिललाई सहयोग « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

स्वस्तिका शिशु सदनद्वारा मृगौला पीडिललाई सहयोग


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार १२:०८

14610914_10205675839973933_7902517374480019701_nशनिअर्जुन / स्वस्तिका शिशु सदनले दुवै मृगौला खराब भएका इन्द्रबहादुर बस्नेतलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

स्वस्तिका शिशु सदनको कक्षा १ मा अध्ययनरत नवराज बस्नेतका बुबा इन्द्रबहादुरको उपचारार्थको लागि विहीबार विद्यालयले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको हो । शनिअर्जुन–७ मा स्थायी बसोबास गर्दै आएका ६८ वर्षीय इन्द्रबहादुर बस्नेतको उपचारमा थोर बहुत सहयोग हुने र विद्यालयको केही सामाजिक उत्तरदायित्व समेत रहेको हुँदा उक्त रकम सहयोग गरिएको विद्यालयका प्रिन्सिपल पुण्य रिमालले बताए ।

विद्यालयका सञ्चालक इश्वरा श्रेष्ठ, प्रिन्सिपल पुण्य रिमाल, सहप्रिन्सिपल दुर्गाप्रसाद ओली र शिक्षक डम्वर बराल लगायतको टिम विद्यार्थी नवराजको घरमै पुगेर उनका आमा देवमायालाई उपचारमा सहयोगार्थ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
सहयोग रकम बुझ्दै पीडितका श्रीमती देवमायाले हाम्रो पीडामा मल्हम लगाउन यहाँसम्म आएर सहयोग गरिदिएको विद्यालयको प्रगतिको कामना गर्दै धन्यवाद दिएकी थिइन् ।