इलामको माई नगरपालिकामा पनि भेटिए कोरोना पोजेटिभ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

इलामको माई नगरपालिकामा पनि भेटिए कोरोना पोजेटिभ


यलम्वर टाइम्स
१५ असार २०७७, सोमबार ०९:४३

[बिरु पापो]

दानाबारी । इलामको माई नगरपालिकाले गरुवा बहुमुखि क्याम्पसमा निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका एक युवामा कोरोना पोजेटिभ देखाएको छ ।

क्वारेन्टिनमा बस्र्दै आएको २५ बर्षका ती युवा भारतको चेनाइमा काम गरेर फर्किएका थिए । क्वारेन्टिनमा बसेका मध्ये ३८ जना को पीसीआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो ।

३८ जना मध्ये एक जना बाहेक अरु सबैको कोरोना नेगेटिभ देखिएको दानाबारी स्वास्थ्य चौकीका पुष्कर कट्टेलले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई गोठगाउँ स्थित आइसोलेसनमा पठाइएको छ ।