स्व. प्रदिपकुमार राई स्मृती फुटबल प्रतियोगिता सुरु « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

स्व. प्रदिपकुमार राई स्मृती फुटबल प्रतियोगिता सुरु


यलम्वर टाइम्स
१ कार्तिक २०७३, सोमबार १०:४१

दानावारी / इलामको दानावारीमा आजबाट स्व प्रदिपकुमार राई स्मृती खुल्ला नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

आईतबार भएको उद्धघाटन खेलमा केफसी दानावारी–४ ले आयोजक बेलकम व्याकलाई २–० गोल अन्तरले पराजित गरेको छ । केफसीका लागी दिपेन मगर एक्लैले २ गोल गरे । त्यसैगरी दोश्रो खेलमा सयपत्री युवा समुह सिस्ने झापाले गोरखे युवा समुह दानावारी–१ माथी ४–० को फराकिलो जित निकाल्यो । सयपत्रीका लागी कप्तान रविन राईले ह्याट्रिक पुरा गरे भने डम्बर चौधरी ले १ गोल थपे ।

आज हुने पहिलो खेलमा नमुना युवा समुह दानावारी–३ शुक्रवारे र इलाम–७ , दोश्रो खेलमा वि.वि.एस.सी झापा र सि.वाइ.सी खुदुनावारी, तेश्रो खेलमा लोदिया स्पोटिङ दानावारी–५ र परिवेश युवा समुह लक्ष्मीपुर–५ थाक्लेविच प्रतिस्पर्धा हुने आयोजक समितीका सदस्य दिपेश राईले जानकारी दिए ।

क्लबका अध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षतामा भएको उद्धघाटन समारोहका प्रमुख अतिथि दिपज्योती प्रा.विका प्रधानाध्यापक अमरबहादुर घिमिरे रहेका थिए । लक्ष्मीपुजाको दिन फाइनल हुने प्रतियोगितामा इलाम र झापाका ३२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार ५, उपविजेताले नगद २० हजार ५, सान्तवनाले नगद १० हजार ५ सँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद १ हजार ५ प्राप्त गर्ने छन् ।

गत जेठ २० गते मलेसियामा असामयिक निधन भएका प्रदिपकुमार राई (रुपेश) को स्मृतीमा वेलकम व्याक युथ क्लबले दिपज्योती प्राविको खेलमैदानमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।