कर्मचारीलाई आरोप नलगाउन अनुरोध « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

कर्मचारीलाई आरोप नलगाउन अनुरोध


यलम्वर टाइम्स
२० असार २०७७, शनिबार ०२:४४

अर्जुनधारा । ४ राजनीतिक दलले ज्ञापनपत्र बुझाउने क्रममा कर्मचारीले जनप्रतिनिधि तथा सर्वसाधारणलाई हप्काएको भन्ने भाषण आएपछि प्रशासकीय प्रमुख पंकज भुर्तेलले कडा शब्दमा आलोचना गरेका छन् ।

प्रमुख भुर्तेलले बिना कारण आफ्नो भनाई राख्ने क्रममा सभामै उभिएर कर्मचारीलाई आरोप नलगाउन अनुरोध गरे ।

‘जनप्रतिनिधिलाई त्यस्तो शब्द प्रयोग भएको हो भने प्रत्येक बोर्ड बैठकमा जनप्रतिनिधिले खुलस्त भन्न सक्नुपर्छ, कुन कर्मचारीबाट त्यस्तो हप्कि खाइएको हो’ उनले भने ।

बोर्ड बैठकमा नराखि पार्टीमा कुरा राखेर सभामा कर्मचारीको अपमान गर्न नहुने बताउँदै तथ्य प्रमाण पुगे कर्मचारीलाई कारवाही गर्ने समेत बताए ।