राउतलाई स्वागत न्यौपानेलाई बिदाई « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

राउतलाई स्वागत न्यौपानेलाई बिदाई


यलम्वर टाइम्स
१ कार्तिक २०७३, सोमबार ११:०३

saniarjunशनिअर्जुन / शनिअर्जुन नगरपालिकामा लामो समयदेखि कार्यरत रुद्रप्रसाद न्यौपानेलाई एक समारोह बीच शनिअर्जुनको सभाहलबाट बिदाई गरिएको छ ।

नयाँ नगरपालिकासँगै दोस्रो अधिकृतका रुपमा काम गरेका न्यौपानेले छोटो समयमा शनिअर्जुन नगरपालिकालाई अरु नगरपालिका जस्तै स्थापित गराएका थिए । उनको बिदाईमा राजनीतिक दल, संघसंस्था र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

बिदाईको क्षण त्यति सुन्दर त हुँदैन तापनि प्रमुख न्यौपानेले देखाएको बाटो र नगरको विकासमा खेलेको भूमिका सम्झन योग्य रहेको संघीय समाजवादीका नगर प्रमुख प्रकाश लिङखिमले पोखे । कार्यक्रममा शनिश्चरे बहुमुखि क्याम्पसका अध्यक्ष सरोजकुमार ओली, नगरपालिका कर्मचारीका अध्यक्ष प्रदिपकुमार पुरी, नगरपालिका अनुगमन समितिका मित्र खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राई, राप्रपा नेपालका लभकुश गिरी, माओवादीका भूपेन्द्र न्यौपाने, एमालेका कुन्दन भट्टराई, नेपाली कांग्रेसका हेमराज खरेल, शान्ति समितिका मोहन काफ्ले लगायतले प्रमुख न्यौपानेको प्रशंसा गरेका थिए ।

सोही दिन नगर अधिकृत रुद्रप्रसाद न्यौपानेको सभापतित्वमा नयाँ अधिकृत मनोज राउतलाई स्वागत गरिएको थियो । न्यौपानेले शनिअर्जुन क्षेत्रका राजनीतिक दल, संघसंस्था र सञ्चार क्षेत्र सहयोगि र विकास प्रेमी भएको हुनाले सकारात्मक कामका लागि बाधा नहुने नयाँ अधिकृत मनोज राउतलाई दर्शाएका थिए ।