साहिल भए स्लो मोटरसाइकल रेशर « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

साहिल भए स्लो मोटरसाइकल रेशर


यलम्वर टाइम्स
१ कार्तिक २०७३, सोमबार ११:१२

sagar
फुटबल खेलाडी देवेन्द्र तामाङलाई सम्मान गर्दै प्रमुख अतिथि दिपीन राई ।

शनिअर्जुन / नव नेपाल युथ क्लबले ‘स्लो ड्राइभ लङ लाइफ’ भन्ने नाराका साथ स्लो मोटरसाइकल प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा पहिलो साहिल भट्टराई, दोस्रो चन्दन चौधरी, तेस्रो सनजेश बुढाथोकी भएका छन् । प्रथम, द्वितीय र त्रितिय हुनेलाई प्रमुख अतिथि प्रेस क्लब अध्यक्ष दिपीन राईले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । सोही दिन शनिअर्जुन क्षेत्रका उत्कृष्ट खेलाडी देवेन्द्र तामाङ, एस्ता राई र अन्तर्राष्ट्रिय प्रशिक्षक कुमार उप्रेतिलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राईले जागरुक युवाहरुबाट यस्ता सकारात्मक कामको थालनी गर्दा सबै क्षेत्रबाट सहयोग प्रदान गरिनु पर्ने बताएका थिए । केशव शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नव नेपाल युथ क्लबको औचित्य क्लबका सचिव सागर खरेलले गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरी, अर्जुनधारा जेसिजका संस्थापक इन्दिवर खड्का, प्रशिक्षक कुमार उप्रेति, मनोज गोम्देन, इन्द्र तामाङ, महिला उद्यमी अध्यक्ष सरु बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।