अपाङ्ग र एकल महिलाको भत्ता कटौती नगरः महिला संघ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अपाङ्ग र एकल महिलाको भत्ता कटौती नगरः महिला संघ


यलम्वर टाइम्स
१७ श्रावण २०७७, शनिबार ०४:०९

अर्जुनधारा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ अर्जुनधारा नगर कमिटीले अपाङ्ग र एकल महिलाहरुलाई दिँदै आएको भत्ता कटौती नगर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

गत ०७७।०७८ को बजेटमा ६० वर्ष मुनिका एकल र रातो कार्ड बाहेकका अपाङ्गहरुको खाइपाई आएको भत्ता नेकपाको सरकारले कटौति गरेको हुँदा त्यसको विरोध स्वरुप साउन २५ गते स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउने भएको महिला नेतृ सरस्वती सिटौलाले यलम्वर टाइम्सलाई बताइन् ।

विहीबार नेपाल महिला संघ अर्जुनधारा नगर समिति का सभापति लीला कटुवालको अध्यक्षतामा भएको भेलामा चन्द्रकला भण्डारी, रमा चापागाईं, गंगा थापा लगायतले कोभिड–१९ जनस्तरमा आउन सक्ने भएको हुँदा नगरको ध्यानाकर्षण गराउनुपर्ने पनि सुझाव राखेका थिए ।

यसरी नै विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा १६ जना प्रवेश गरेका छन् ।