अर्जुनधाराको रातेमा बरामद गोलिया शान्ति सामुदायिक वनलाई « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधाराको रातेमा बरामद गोलिया शान्ति सामुदायिक वनलाई


यलम्वर टाइम्स
२६ श्रावण २०७७, सोमबार ११:२२

राते, २६ साउन । अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रहेको जंगलबाट ६ थान साखुको गोलिया बरामद गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष तुलसीप्रसाद खतिवडा र सशस्त्र प्रहरी बेस खुदुनाबारीका कमाण्डर किरण केसीको कमाण्डमा ४ जनाको संयुक्त गस्ती टोलीले अवैद्य रुपमा लुकाई राखेको १७ क्यू फिट (५१ हजार मूल्य बराबर) को साखुको गोलिया बरामद गरिएको कमाण्डर केसीले जानकारी दिए ।

लकडाउनका कारण चोरी निकासी हुने स्वीको पाएपछि त्यस ठाउँमा गस्ती टोली बढाइएको हो ।

सशस्त्र बेस क्याम्प लगायत अर्जुनधारा १, २ र ३ मा रहेको सामुदायिक वनमा निगरानी कडा गरिएको छ ।
आज सोमबार बरामद गरिएको उक्त गोलिया शान्ति सामुदायिक वनमा बुझाईएको जनाएका छन् ।