बुहारीहरुलाई पढ्न आह्वान « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

बुहारीहरुलाई पढ्न आह्वान


यलम्वर टाइम्स
१३ आश्विन २०७७, मंगलवार १०:४६

बुट्टाबारी । शिक्षा मन्त्रालयले समुदायसँग छलफल गरेर विद्यालय खोल्न भने पनि गृह मन्त्रालयले भने संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी भर्ना प्रक्रियालाई बन्द गरेको छ । तर, झापाको एक विद्यालयले भने भर्ना प्रक्रियासँगै आफ्नो वडा क्षेत्रमा पर्ने बुहारीहरुलाई विद्यालय भर्नाको लागि आह्वान गरेको छ ।

बिर्तामोड वडा नं. ६ स्थित पुरानो विद्यालय सरस्वति माविले बुहारीहरुका लागि निःशुल्क भर्नाको आह्वान गरेको छ । विवाह भएर आएपछि आर्थिक अवस्थाले साथ नदिएकाहरुलाई भने उक्त आह्वानले राम्रो सन्देश दिएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

विद्यालयले भनेको छ, यस वडाभित्रका १० जना बढी बुहारीहरुलाई कक्षा ११ मा निःशुल्क भर्ना खुलाएको छ । विद्यालयको आह्वानमा पढ्न इच्छुक बुहारीहरुलाई कुनै शुल्क नलाग्ने समेत जनाएको छ ।

यसअघि झापा हल्दिबारीको गोलधापमा रहेको र कनकाई वडा नं. ५ दुर्गापुरमा रहेको विद्यालयले पनि बुहारीहरुको लागि निःशुल्क भर्ना आह्वान गरेको थियो ।

सञ्चालनमा आएका प्रत्येक सरकारी माध्यमिक विद्यालयले बुहारीहरुलाई कक्षा ११ र १२ का लागि निःशुल्क भर्नाको आह्वानसँगै सेवा दिए विवाह भएर आएका र अर्थले साथ नदिएकाहरुका लागि सुवर्ण अवसर हुने थियो ।

स्थानीय तहले यस क्षेत्रमा यसरी नै कोष सञ्चालन गरि लागू गरिदिएको भए पढ्न इच्छा हुने बुहारीहरुका लागि शिक्षाबाट बञ्चित हुने थिएनन्, शनिश्चरे माविका अवकाश प्राप्त प्रअ भैरव पौडेलले यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए ।