सुन्दर नगरपालिका बनाउन सबै जुटौं « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

सुन्दर नगरपालिका बनाउन सबै जुटौं


यलम्वर टाइम्स
५ मंसिर २०७३, आईतवार ०६:५१

nagarpalikaशनिअर्जुन / शनिअर्जुन नगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा नगरलाई सुन्दर नगरपालिका बनाउन सबै जुट्नु पर्ने बताएका छन् ।

सामुदायिक भवनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले गर्नुपर्ने काम र कर्तव्य प्रशस्त भएको सरोकारवालले राख्दै त्यसलाई समाधान गर्न नगरपालिका र यसभित्र रहेका सरकारी निकायहरु सक्रिय भएर लाग्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा नगर अधिकृत मनोज राउतले नगरबासी नै नगरलाई विकासको बाटोमा डो¥याउन अग्रसर हुनुपर्ने त्यसमा आफ्नो साथ रहने बताएका थिए ।

कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस नगर सभापति हेमराज खरेलले नगरमा हुने गतिविधिमा कांग्रेसको जहिले पनि साथ रहने बताएका थिए । एमाले नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरलाई समृद्धिको बाटोमा लैजानु पर्ने बताएका थिए । माओवादी केन्द्रका केशव खड्काले नगरको विकासमा पक्षपाति व्यवहार नगरी अगाडि बढ्नु पर्ने बताए । नयाँ शक्ति पार्टीका देवकला प्रसाईले शहरमा भन्दा गाउँमा विकासका गतिविधिहरु नगरपालिकाले दर्शाउनु पर्ने बताए । कार्यक्रममा नगरबासी दुर्गाबहादुर कटुवाल, इन्दिरा दाहाल, गोपाल घिमिरे, रुद्रप्रसाद खतिवडा, केदार खतिवडा, जीवन थापा लगायतले जिज्ञासा राखेका थिए ।

जिज्ञासाप्रति नगर अधिकृत राउत लगायत पशु सेवा, प्राथामिक स्वास्थ्य केन्द्र लगायतले बिस्तृत रुपमा जवाफ दिएका थिए । झापा युनेस्को संघका विजय तिम्सिनाले सहजीकरण गरेको कार्यक्रममा घर नक्सा पास, विद्युत् मिटर पुल, स्वास्थ्य उपचार, पशु स्वास्थ्य जस्ता विषयमा भइरहेका कतिपय कमिकमजोरीलाई सच्याउनु पर्ने जस्ता प्रश्न उठाएका थिए ।