दमक ठाउँ–ठाउँमा फोहोर भएकै कारण डेंगु « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

दमक ठाउँ–ठाउँमा फोहोर भएकै कारण डेंगु


यलम्वर टाइम्स
१९ मंसिर २०७३, आईतवार ०६:१६

dmk1दमक / हराभरा दमक बनाउने भन्दै गएको सालदेखि दमक सरसफाई अभियान नै चलाएर झापाका अरु शहरका सामु आफुलाई नमुनाको रुपमा उभ्याएको थियो । हिजोआज अभियान सेलाउँदै गएपछि दमक बजारका अधिकांश चोकहरुमा फोहोरको थुप्रो देखिन थालेका छन् । थुप्रोमा झिंगा लामखुट्टेहरु भन्किरहेका देखिन्छन् । त्यसैले होला त्यहाँ डेंगु रोग पनि देखा पर्दै गएको छ ।

भरखरै मात्र डेंगु रोगले समेत दमकलाई चिनारी गरायो । दमकबाट सुरु भएको डेंगु रोग अहिले नेपालका अधिकांश क्षेत्रमा समेत फैलिएको छ । फोहोरका थुप्रा नभईदिएको भए सायद डेंगु संक्रमण भएर आउँदैन थियो होला । त्यसैले पछिल्लो पटक सुन्दर हराभरा हरित दमक शहर बनाउने लक्ष्यका साथ दमक नगरपालिका, उद्योग बाणिज्य संघ लगाएतका संघसंस्था जुटिरहेको छ ।

स्थानीयहरुले फोहोर व्यवस्थापनका लागि भन्दै न्युनतम ५० देखि २५० रुपैयाँसम्म मासिक कर तिर्ने गरेका छन् । नगरपालिकाबाट फोहोर उठाउने गाडीको समेत व्यवस्था गरिएको छ । यदि दमक नगर हराभरा बनाउने नारा मात्रको हो भने आउदो साल दमकवासीले डेंगुसँग लड्न नसक्ने स्थानीय बासिहरु बताउँछन् । चोकचोकमा भएको फोहोर कसले फ्याँक्ने ? यसको उचित व्यवस्थापन कहाँ गर्ने ? अब खबरदारीको खाँचो भएको स्थानीय युवा सुभाष सुवेदी बताउँछन् ।