नाच्दै शुभकामना आदनप्रदान « Yalambar Times
१६ बैशाख २०८१, आईतवार

नाच्दै शुभकामना आदनप्रदान


यलम्वर टाइम्स
२५ आश्विन २०७८, सोमबार ११:२९

अर्जुनधारा । दशैंको उमंगले छोएको बेला सोमबार अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु उल्लासका साथ कार्यक्रम स्थलमा नाचेका थिए ।

नजिकिदै गरेको बडादशैंको अवसर पारेर अर्जुनधारा–७ स्थित पितृ भवनमा नगरले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्यपछि स्थानीय कलाकार सन्तोष आलेको शब्द, संगीतमा रहेको गीतमा नगरका कर्मचारी तथा प्रमुखहरु दिल खोलेर नाचेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले दशैंको सद्भावबारे मन्तव्य राख्दै सचेत रही चाडपर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा संविधान सभा सदस्य तथा प्रमुख अतिथि भक्त खपाङ्गी, नगरका प्रशासकीय प्रमुख अम्बिकाप्रसाद चम्लगाई, नेपाली कांग्रेसका उपसभापति चतुर्भुज काफ्ले, शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, कर्मचारीकोतर्फबाट पशुपंक्षी सेवा शाखाका पदमलाल राई लगायतले आ–आफ्ना भनाई राख्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन प्रशासन शाखाका सौजन कटुवालले गरेका थिए ।