झिगु नेवाः समाजको एक महिने लाखे नाच तालिम हिलेमा « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

झिगु नेवाः समाजको एक महिने लाखे नाच तालिम हिलेमा


यलम्वर टाइम्स
५ श्रावण २०७३, बुधबार १२:०५

सन्तवीर लामा

?

परम्परा देखी नेवारी समुदायले नाचि ल्याएको लाखे नाचलाई युवा पुस्तालाई लाखे नाच सिकाउनको लागी भोजपुर वजारवाट दुई जना लाखे नाचका ख्याति प्राप्त प्रशिक्षक ल्याएर एक महिने तालिम संचालन गरिएको झिगु समाज हिलेका अध्यक्ष सिताराम श्रेष्ठले वताएका छन् ।
लाखे नाचसंगै गाई जात्रा र नेवारी समुदायको गाई जात्रा र अन्य चाडपर्वहरुमा वजाईने धिमे बाजा, झ्याम्टा, ठ्याक्ठुके लगायत विभिन्न नेवारी संस्कृतिका वारेमा हिलेका नेवारी समुदायलाई जानकार वनाउने उदेश्यले तालिम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले वताएका छन् । हिले वजारमा रहेको ३५ घर नेवारी समुदायका एक घरको एक जनाको दरले अनिवार्य लाखे नाच तालिममा १४ जना महिला सहित ३५ जनाले भाग लिइरहेको श्रेष्ठले वताएका छन् ।
उनले आगामी भाद्र २ गतेको भदौरे पुर्णिमा देखी शुरु भएर कृष्ण अष्टमीसम्म नाचिने लाखे नाचलाई धनकुटाको हिलेमा व्यवस्थित् गर्नको लागी पहिलो पटक लाखे नाचको तालिम आयोजना गरिएको स्पष्ट पारेका छन् । उनले अहिलेका युवा पुस्तामा विद्यालय शिक्षा वा अन्य संस्कृतिको अतिक्रमणले गर्दा नेवारी संस्कृति र परम्पराहरु हराउँदै गएकाले वचाई राख्नको लागी तालिम आयोजना गरिएको वताए ।
एक महिने लाखे नाच तालिमको सहजीकरण भोजपुरका लाखे नाच लगायत नेवारी परम्परा र संस्कृति सम्वन्धि विषय विज्ञ रेवत शाक्य र विजय ताम्राकारले गरिहेका छन् । तालिम श्रावण महिनाभरी संचालनले हुने झिगु समाज धनकुटा–१ हिलेले जनाएको छ ।