नेकाको नगर भवन बन्दै « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

नेकाको नगर भवन बन्दै


यलम्वर टाइम्स
३ पुष २०७३, आईतवार ०९:४९

शनिअर्जुन / नेपाली कांग्रेस शनिअर्जुन नगरकमिटीले आफ्नो पार्टीको भवन निर्माण गर्न जुटेको छ ।

नगरमा पार्टी दर्बिलो भएतापनि भवन नभएको हुनाले भवन निर्माण गर्न जुटेको नगर अध्यक्ष हेमराज खरेलले जानकारी दिए । यस अघि नै भवन निर्माण गर्ने भनिएतापनि विविध कारण बश निर्माण गर्न नसकिएको हुँदा भवन निर्माणमा जुटेको बताए ।

भवन निर्माणको संयोजक नगर सभापति हेमराज खरेल रहेका छन् भने सचिवमा मुक्ति सुवेदी लगायत २३ सदस्य रहेका छन् । यसरी नै अनुगमन समिति ७ सदस्य रहेको छ । समितिमा मोहन काफ्ले, राजकुमार बराईली, सुर्दशन बुढाथोकी लगायत रहेका छन् । यस अघि समितिले गरेको गतिविधिलाई नियाल्दै चतुर्भुज काफ्लेको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।

शनिअर्जुन नगरपालिका नजिक रहेको १ कठ्ठा जग्गामा उक्त भवन निर्माण हुँदै आएको र बीचमा नगरपालिका भएपछि स्थगन भएको थियो । रु. १० लाखमा छठ ढलाइ, ट्वाइलेट, बाथु्रम, वरिपरी वालसँगै अफिस कोठा निर्माण गर्न समिति जुटेको बताईको छ । उक्त भवन सम्पन्न गर्न पार्टी पंक्तीमा आव्हान गरिएको सभापति खरेलले जानकारी दिए ।