पुर्वाञ्चल डान्सीङ्ग सुपरस्टार भईन संखुवासभाकी पबित्रा तामाङ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

पुर्वाञ्चल डान्सीङ्ग सुपरस्टार भईन संखुवासभाकी पबित्रा तामाङ


यलम्वर टाइम्स
६ श्रावण २०७३, बिहीबार ०९:५८

सन्तवीर लामा
धनकुटा / पुर्वाञ्चलमा

?

पहिलो पटक आयोजना गरिएको पुर्वाञ्चल डान्सीङ्ग सुपरस्टार प्रतियोगीतामा संखुवासभाकी पवित्रा तामाङ प्रथम भएकी छन् ।
टिन्स क्रिउ डान्स सेन्टर धनकुटाको आयोजनामा सनिवार धनकुटामा सम्पन्न भएको प्रतियोगीतामा पुर्वाञ्चल डान्सीङ्ग सुपरस्टारको विजेताका लागी फाईनल चरणमा प्रतिष्पर्धीको रुपमा उनीसंगै उत्रिएका ७ जना मध्ये ६ जना प्रतिष्पर्धीलाई पछि पार्दै संखुवासभाकी पवित्रा तामाङ पुर्वाञ्चल डान्सीङ्ग सुपरस्टार वन्न सफल भएकी हुन ।
डान्सीङ्ग सुपर स्टार वन्न सफल भएसंगै पवित्राले ५५ हजार, ५ सय ५५ रुपयाँ नगद पुरस्कार, प्रमाणपत्र र टूफी हात पार्न सफल भएकी छन् । साथमा पाँच लाखको जीवन बीमाको पुरस्कार समेत तामाङले प्राप्त गर्ने छन । उनले ९७.१३ अंक ल्याएर प्रथम स्थान ओगट्न सफल भएकी हुन । सो अवसरमा पवित्रालाई प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेका धनकुटाका युवा व्यावसायी सर्वधन तामाङले प्रथम हुन सफल पवित्रालाई ५५ हजार, ५ सय ५५ रुपयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी पुर्वाञ्चल डान्सिङ्ग सुपर स्टार प्रतियोगितामा द्धितिय हुन सफल मोरङ्ग विराटचोककी खुस्वु घिमिरेले ८९.५१ अंक ल्याई द्धितिय भएकी थिइन भने सुनसरी धरानका विक्रम तामाङले ८२.२८ अंक ल्याएर तेश्रो स्थान हात पार्न सफल भएका थिए । उनले पुर्वाञ्चल डान्सीङ्ग स्टार प्रतियोगिता अवधीभरी कै वेष्ट डान्सरको उपाधीसंगै १० हजार, नगद, प्रमाणपत्र र ट्रफी पाए छन् । उनलाई प्रतियोगिता आयोजक संस्था टिन्स क्रिउ डान्स सेन्टर धनकुटाले उत्कृष्ठ नृत्य प्रस्तुत गरेको भन्दै वेष्ट डान्सरको पुरस्कार प्रदान गरेको थियो ।
त्यसैगरी धनकुटाका समिर प्रधान ७०.७ अंक ल्याएर चौथो
भएका छन् भने धनकुटा कै प्रसान्त सुन्दासले ५४.०८ अंङ्गक ल्याएर पाँचौं स्थान ल्याएका छन् । त्यसैगरी विराटनगरका मनिष कट्वाल छैटुङ्ग र सुनसरीका इशा परियारले सातौं स्थानमा नै चित्त वुझाएका छन् । प्रतियोगितामा सहभागी साथै जनाले ट्रफी र प्रमाण पत्र पाएका थिए । सहभागी सवैलाई कार्यक्रमका प्रमुख अतिथि सांसद अन्जना ताम्लीले टूफि, नगद र प्रमाण प्रदान गरेका थिए । सो अवसरमा उनले प्रतियोगिता आयोजक संस्था टिन्स क्रिउ डान्स सेन्टर धनकुटालाई प्रतियोगिता सफल पार्न २५ हजार नगद सहयोग गरेका थिए ।
अन्तिम चरणको प्रतिष्पर्धाको निर्णयक मण्डलको भुमिका निर्वाह गर्नको लागि बरिष्ठ कलाकार मिथिला शर्मा, राष्टिूय कलाकारहरु कुमार अनुरागी र ध्रुवसेल लुङ्गेली मगर रहेका थिए । सो अवसरमा राष्टिूय कलाकारहरु एपी शेर्पा, राज सागर, उमंङ्ग लामा र गोपाल सर्गम राई (दार्जीलिङ्गे) ले पनि आफ्नो प्रश्तुती देखाएका थिए ।
सो अवसरमा सम्मानको लागी दर्जन भन्दा वढी धनकुटेली स्रस्टाहरुको नाम उचारण गरिए पनि युवा साहित्यकारको रुपमा परिचित साहित्यकार एवं कवी रमेशचन्द्र अधिकारी र मुकन्द प्रयासको मात्र सम्मान कार्यक्रममा उपस्थिति रहेको थियो । सम्मानित कवि एवं साहित्यकारद्धय अधिकारी र प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि अञ्जना ताम्लीले सम्मानपत्र प्रदान गरेका थिए ।
“कला संस्कृतिको जर्गेना र हस्तान्तरण, तपाई हाम्रो दायित्व” भन्ने मुल नाराको साथ टिन्स क्रिउ डान्स सेन्टर धनकुटाले गएको जेठ २२ गतेबाट भोजपुर, तेह्रथुमको बसन्तपुर, संखुवासभाको खादवारी, धनकुटाको भडेटार र धनकुटामा पाँच वटा अडिसन केन्द्रद्धारा १ सय ५० जना प्रतियोगीबाट प्रतिस्पर्धा गराएर फाईनल राउण्डको प्रतिष्पर्धा आयोजना गरेको थियो ।