दिउँसै घर फोरी गहनासहित नगद चोरी « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

दिउँसै घर फोरी गहनासहित नगद चोरी


यलम्वर टाइम्स
२३ पुष २०७३, शनिबार ०२:०७

ज्यामिरगढी / प्रहरी चौकी आसपासमा रहेको एक घरबाट दिउँसो गरगहना सहित नगद २५ हजार चोरी भएको छ ।

ज्यामिरगढी–२ स्थित कुमार लिम्बुको घरबाट शुक्रबार कोही नभएको बेला पश्चिमको ढोका फोरी २ तोला ३ आना सुनका गहना र नगद २५ हजार लगेको पीडत कुमारकी श्रीमती मनिका लिम्बु (राई)ले बताइन् । बिहानको खाना खाइसकेपछि काम विशेषले खेतमा गएको थिए । दिउँसो १२ः३० बजे घर आउँदा पश्चिम पट्टिको ढोका फोरी भए भरको सामान चोरेर लगेको बताइन् । कुमार हाल वैदेशिक रोजगारमा छन् ।

दिउँसै घर फोरी धनमाल लुटिएको विषयलाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको ज्यामिरगढी प्रहरी इन्चार्ज जीतबहादुर कार्कीले जनाएका छन् । प्रहरीले स्थानीय एक युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ भने स्थानीयहरु दुले चोरबाट हैरान भएको हुनाले पक्राउ अभियानमा लागेको बताइएको छ ।