चारआलीमा हात्ती आतंक « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

चारआलीमा हात्ती आतंक


यलम्वर टाइम्स
२५ पुष २०७३, सोमबार ११:०५

15970232_1680678042223540_1821835483_nचारआली / जंगली हात्तीको उपद्रोका कारण झापा दुहागढी–४ चारआलीका सर्वसाधरण आतंकित बनेका छन् ।

दिनहुँ गाउँ पसेर उपद्रो गर्दै आएपछि स्थानीय आतंकित हँुदै आएका हुन् । शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा दारे हात्तीले ३ वटा घर भत्काउँदा करिव तीन लाखबढीको क्षति पु¥याएको छ । जंगली हात्तीले स्थानीय रुपनारायण गौतमको १० मन धान र ढिकुटी भत्काउनुका साथै सुपारी भाचेर करिव १ लाख बराबरको क्षति पुगेको छ ।

गौतमको ढिकुटीभित्र राखिएको भक्कारी भत्काएर आधा धान खानुका साथै आधा धान छरेर क्षति गरेको हो । त्यसैगरी गौतमका छिमेकी जुना भण्डारीको घरभित्रको एउटा कोठामा राखेको ८ मन धान क्षति गर्नुका साथै सेन्टरबेरा नै भत्काउदा करिव ८० हजार मूल्यको क्षति गरेको पीडित भण्डारीको भनाई छ ।

त्यस्तै सोही वडाको अर्का ऋषि खतिवडाले खान राखेको ६ मन चामल र बाँसको टाँटीको बेरा भत्काएर ५० हजारबढीको क्षति गरेको जना स्थानीय समाजसेवी लक्ष्मण कार्कीले बताए ।