महिला संघमा मेनुका « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

महिला संघमा मेनुका


यलम्वर टाइम्स
२५ पुष २०७३, सोमबार ११:११

15934528_354454694934115_693015216_nचारआली / अखिल नेपाल महिला संघ दुहागढीको अध्यक्ष मेनुका घिमिरे सर्वसम्मत चयन भएकी छन् ।

संघ र अखिल नेपाल किसान संघ दुहागढीको संयुक्त आयोजनामा सम्पन्न पिक्निक तथा खिचडी कार्यक्रम तथा नवौं सम्मेलनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा विष्णुदेवि मिश्र, सचिवमा विन्दा प्रसाई, उपचिवमा विमला विष्ट चयन भएका छन् । त्यसैगरी फुलकुमारी राजवंशी, हरिमाया बराल, दीव्या न्यौपाने, भोजकुमार पौडेल, रीता परियार, तुलसा बराल, इन्दिरा सिग्देल, देविका भण्डारी, तुलसा न्यौपाने, सुशिला सुवेदी, रुपा मगर, किशोरा न्यौपाने र सुशिला बस्नेत सदस्यमा चयन भएका छन् ।

अनेम संघकी केन्द्रीय सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जसमाया गजमेर,पवित्रा महतरा, रोमणि भट्टराई, मोहन विक, कृष्ण सिग्दे, लीला पौडेल, जीवन प्रसाईलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

विन्दा प्रसाई र दयाराम प्याकुरेको संयुक्त अध्यक्षतामा सम्पन्न नवौं अधिवेशनमा सहभागीलाई खिचडी खुवाउनुका साथै विभिन्न सांगेतिक तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको विन्दा प्रसाईले जानकारी दिइन् ।