उपकार संघको अध्यक्षमा पुनः काफ्ले « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

उपकार संघको अध्यक्षमा पुनः काफ्ले


यलम्वर टाइम्स
२८ पुष २०७३, बिहीबार १०:४४

chaturvuj daiशनिअर्जुन / सामुहिक उद्धार तथा उपकार संघ शनिअर्जुन–२ झापाको अध्यक्षमा पुनः युवा समाजसेवी चतुर्भुज काफ्ले चयन भएका छन् ।

संघको सम्पन्न सातौं वार्षिक साधारणसभाले काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । काफ्लेले काम विशेष भएको हुँदा आफू अध्यक्षमा नबस्ने भनी अनुरोध गर्दा पनि उपस्थित भेलाले काफ्लेलाई अध्यक्षमा नियुक्ति गरिएको थियो । नवगठित समितिको वरिष्ठ उपाध्यक्ष रमेश त्रिखत्री, उपाध्यक्ष बालकृष्ण पोखरेल, महासचिव राजेन्द्र काफ्ले, सचिव विनोद दाहाल, सहसचिव बसन्त मल्ल, कोषाध्यक्ष डिल्लीमाया सिटौला चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा भानु जोशी, दिवानन्द शिवाकोटी, मेघनाथ गिरी, श्रीबहादुर भट्टराई, दिलबहादुर खड्का, पदम बुढाथोकी, मुना बास्कोटा, कृष्णकुमारी काफ्ले, नरेश साह, उर्मिला दाहाल, लक्ष्मी कार्की, पृथ्वी नेपाल र सन्तोष खतिवडा चयन गरिएको छ । समिति चयन गर्न विशाल शिवाकोटी संयोजक, शंकर सुवेदी र होमप्रकाश अधिकारी सदस्य रहेको निर्वाचन समितिले भूमिका निर्वाह गरेको थियो ।

शनिअर्जुन उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त सोमानीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अर्जुनधारण जलेश्वरधामका महासचिव विष्णु निरौला, सशस्त्र वेस क्याम्प व्यवस्थापन समितिका अध्यक्ष बलदेव गोम्देन, मेरो रेडियोका अध्यक्ष शंकर सुवेदी, विशाल शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष काफ्लेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन उर्मिला दाहालले गरेकी निर्वाचन सदस्य होमप्रकाश अधिकारीले जानकारी दिए । संस्थाका अध्यक्ष चतुर्भुज काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष टिएन्द्र गिरीले स्वागत गरेका थिए । उद्धार समितिमा काफ्ले अध्यक्ष भएपछिको टिमले नयाँ भवन निर्माण कार्य गरेको छ भने आधुनिक प्रकारको भवन बनाउन सबै जुट्नु पर्ने अध्यक्ष काफ्लेले आह्वान गरेका थिए ।