थारु बौद्ध समाजको जिल्ला भेला सम्पन्न, रुपन्देही अध्यक्षमा राज चौधरी « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

थारु बौद्ध समाजको जिल्ला भेला सम्पन्न, रुपन्देही अध्यक्षमा राज चौधरी


यलम्वर टाइम्स
१५ भाद्र २०७९, बुधबार ०६:४५

[मनजीत चौधरी]

भैरहवा । थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो ।

भेलाले राज चौधरी (सैनामैना) को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रीता चौधरी (बुटवल), सचिव मनजीत चौधरी (तिलोत्तमा), सह–सचिव रिता चौधरी (तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी (तिलोत्तमा) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी (बुटवल), केशब चौधरी (कोटहीमाई), सोमनाथ थारु (देवदह), अयोध्या चौधरी (देवदह), धनराज चौधरी (ओमसतिया), श्यामबहादुर थारु (ओमसतिया) र हरिचन्द्र चौधरी (शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनित गरिने बताइएको छ ।

त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजयबहादुर सिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन् ।

उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना वाचन गरेर गरिएको थियो ।

कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।